तीन व्यवसायी कारवाहीमा

राजविराज राजविराज
|
बिहिबार, भाद्र ६, २०८१
|
|
२३ पटक हेरिएको
Shares
तीन व्यवसायी कारवाहीमा

सारांश

  •     राजविराज ७ स्थित  हाटबजारका पसलहरुमा अनुगमन गर्दै खाद्य, चिसो पेय, श्रृगांर समाग्री, किराना लगातयका एक दर्जन भन्दा बढी पसलमा अनुगमन गरेको थियो ।
  •       चाडपर्व नजिकिएका बेला बजारमा म्याद गुज्रेका, अखाद्य बस्तु विक्री हुने गरेको तथा उपभोग्य समाग्रीको मनपरी मुल्य कायम गरिएको गुनासो बढेपछी सो अनुगमन गरिएको हो ।
  •          अनुगमनका क्रममा पसलमा रहेको सरसमानको भन्सार काटेको रसिद तथा आवश्यक विलविजक देखाउन नसकेको वालइमरान जेनरल स्टोर्सलाई अनुगमन टोली १० हजार रुपैया जरिवाना गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।

    संयुक्त बजार अनुगमन टोलीले विहीवार राजविराजका तीन व्यवसायीलाई कारवाही गरेको छ । 
    राजविराज ७ स्थित  हाटबजारका पसलहरुमा अनुगमन गर्दै खाद्य, चिसो पेय, श्रृगांर समाग्री, किराना लगातयका एक दर्जन भन्दा बढी पसलमा अनुगमन गरेको थियो । 
    चाडपर्व नजिकिएका बेला बजारमा म्याद गुज्रेका, अखाद्य बस्तु विक्री हुने गरेको तथा उपभोग्य समाग्रीको मनपरी मुल्य कायम गरिएको गुनासो बढेपछी सो अनुगमन गरिएको हो ।     
    अनुगमनका क्रममा पसलमा रहेको सरसमानको भन्सार काटेको रसिद तथा आवश्यक विलविजक देखाउन नसकेको वालइमरान जेनरल स्टोर्सलाई अनुगमन टोली १० हजार रुपैया जरिवाना गरेको छ । 
    यस्तै म्याद गुज्रेको समान फेला परेको आयुष किराना पसललाई ५ हजार रुपैया जरिवाना गरिएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र प्रसाद यादवले बताए । 
    यस्तै म्याद गुज्रेका करिब एक हजार मुल्य बराबरको चिसो पेय पर्दाथ गुणानन्द किराना पसलबाट जफत गरी नष्ट गरिएको छ । 
    अनुगमनका क्रममा अधिकाँश पसलमा मुल्य तथा भाउमा एकरुपता नभएको, लेवल नभएको, क्रेतालाई विलविजक नदिएको लगायतका समस्या देखिएको राष्ट्रिय उपभोक्ता मञ्च मधेश प्रदेशका उपाध्यक्ष गुप्ताले बताए । 
    सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादवको नेतृत्वको टोलीमा घरेलु तथा साना उधोग कार्यालयका प्रतिनीधी विरेन्द्र साह, उधोग बाणिज्य संघका प्रतिनीधी कमल प्रसाद साह, राष्ट्रिय उपभोक्ता मञ्च मधेश प्रदेशका उपाध्यक्ष राजकुमार गुप्ता, खाद्य निरीक्षक राजीव बुढाथोकी, प्रहरी निरीक्षक संतोष रसाईली, राजविराज भन्सार कार्यालयका अधिकृत सत्य नारायण सिह, करदाता सेवा कार्यालयका प्रतिनीधी डिल्ली रमण भण्डारी, खाद्य तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख विक्रम लिम्बु लगायत सहभागी थिए ।
    अनुगमनबाट पसल दर्ता नगरी गैर कानुनीरुपमा संचालन गरिएका पसल, नवीकरण नगराएका पसल लगायतका पसलका संचालकहरुलाई कानुनी व्यवस्था अनुसार प्रक्रियामा आउन सचेत समेत गराइएको टोलीले जनाएको छ । 
    अनुगमन टोली आएको सँुइको पाएपछी कतिपय व्यापारी पसल बन्द गरेर हिडेका थिए । टोलीले अनुगमन कार्यलाई निरन्तरता दिने जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम 
कारोना संक्रमित बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह
कारोना संक्रमित बढ्दै गएको भन्दै सर्तकता अपनाउन आग्रह
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
तीनै क्षेत्रमा मतदान सम्पन्न
तीनै क्षेत्रमा मतदान सम्पन्न
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह
कदमाहा र मटिगढी सडकको शिलान्यास
कदमाहा र मटिगढी सडकको शिलान्यास
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने