दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नर बहादुर कर्माचार्यको जन्मशताब्दी बुधवार उनको राजनीतिक योगदानको सम्झना तथा विरामीहरुलाई फलफुल वितरण गरी मनाइएको छ ।
नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरीले बुधवार नेकपा (माओवादी केन्द्र) सप्तरीको समन्वयमा स्थानीय गजेन्द्र नारायण सिह अस्पताल तथा सोही अस्पताल परिसरमा संचालित पोषण गृहमा उपचारका लागी भर्ना भएका २ सय ८ जना विरामीहरुलाई फलफुल र पोषणयुक्त खानेसमान वितरण गरेका छन् ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष धु्रव कुमार मण्डल, नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य अशोक कुमार मण्डल, जिल्ला इन्र्चाज सुर्यनाथ यादव, प्रदेश सांसद माला कर्ण, पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधि प्रसाद यादव, मधेश प्रदेशका पूर्व राज्य मन्त्री रुवी कर्ण, अखिल नेपाल टे«ड युनियन महासंघ मधेश प्रदेशका अध्यक्ष केदार देव, वडा अध्यक्ष अख्तर अलीका साथै प्रतिष्ठानका पदाधीकारी तथा नेकपा (माओवादी केन्द्र) का नेता कार्यकता सहभागी थिए ।
काठमाडौंको ललितपुरमा वि.स.१९८१ साल कार्तिक १४ गते जन्म भएका कर्माचार्य वि.स.२००६ सालमा पुष्पलाल श्रेष्ठ, नारायण विलाश जोशी र निरंजन गोविन्द बैद्य सहित मिलेर नेपाल कम्यूनिस्ट पार्टीको स्थापना गरेका थिए । उनको वि.स.२०७० साल साउन ९ गते निधन भएको थियो ।
कम्युनिस्ट नेता कर्माचार्यको सम्झनामा २ सय भन्दा बढी विरामीलाई फलपुृmल
सारांश
- नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठान सप्तरीले बुधवार नेकपा (माओवादी केन्द्र) सप्तरीको समन्वयमा स्थानीय गजेन्द्र नारायण सिह अस्पताल तथा सोही अस्पताल परिसरमा संचालित पोषण गृहमा उपचारका लागी भर्ना भएका २ सय ८ जना विरामीहरुलाई फलफुल र पोषणयुक्त खानेसमान वितरण गरेका छन् ।
- सो अवसरमा प्रतिष्ठानका अध्यक्ष धु्रव कुमार मण्डल, नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य अशोक कुमार मण्डल, जिल्ला इन्र्चाज सुर्यनाथ यादव, प्रदेश सांसद माला कर्ण, पूर्व प्रमुख निर्वाचन आयुक्त डा.
- अयोधि प्रसाद यादव, मधेश प्रदेशका पूर्व राज्य मन्त्री रुवी कर्ण, अखिल नेपाल टे«ड युनियन महासंघ मधेश प्रदेशका अध्यक्ष केदार देव, वडा अध्यक्ष अख्तर अलीका साथै प्रतिष्ठानका पदाधीकारी तथा नेकपा (माओवादी केन्द्र) का नेता कार्यकता सहभागी थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया