राजविराज÷सैनिक–नागरिक सम्बन्ध सूदृढ गर्न तथा वालवालिकाहरुमा कलिलो उमेरबाटै शिक्षासँगै खेलप्रति अभिरुची जगाउने उद्देश्यले नेपाली सेनाले शनिबारदेखी ग्रासरुट फुटवल ट्रेनिङ सुरु गरेको छ ।
यहाँस्थित भिमदल गणद्वारा सुरु गरिएको टे«निङमा जिल्लास्थित विभिन्न विद्यालयका १२ वर्षमूनीका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
शिक्षासँगै स्वास्थ्य, अनुशासन, खेलकुद र भबिष्यमा सुयोग्य नागरिक उत्पादनलाई सहयोग पुग्ने उदेश्यले नं. २७ बाहिनी अडडको निर्देशन तथा जिल्ला पूmुबल संघ, प्याव्सन, जिल्ला शिक्षा समन्वय ईकाइ, जिल्ला प्रशासन कार्यलय, स्थानिय निकाय, संचारकर्मी तथा शिक्षकहरुको समन्वय र सहकार्यमा भिमदल गणस्थित खेलमैदानमा सुरु गरिएको टे«निङको गणका गणपति गुप्त बहादुर कुँवरले फुटवलका प्रशिक्षकलाई बल हस्तान्तरण गरि शुभारम्भ गरेका हुन् ।
उक्त कार्यलाई निरन्तरता दिंदै प्रत्येक हप्ताको शनिवार नियमित टे«निङ संचालन हुने गणले जनाएको छ । संचालित ट्रेनिङमा जिल्लास्थित ह्याप्पील्याण्ड बोर्डिङ स्कुल, उग्रकान्त सेकेण्डरी स्कूल, लिटिल फ्लावर्स स्कुल र हिमालय क्लबका ६ वर्षदेखी १२ बर्ष उमेर समूहका खेलाडीहरु सहभागि छन् ।
उनीहरुलाई जिल्ला फुटवल संघ तथा गणका प्रशिक्षकहरुले तालिम प्रदान गरिरहेको गणका कार्याधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिएका छन् ।
विद्यार्थीलाई लक्षित गरि सेनाको ग्रासरुट टे«निङ
सारांश
- उक्त कार्यलाई निरन्तरता दिंदै प्रत्येक हप्ताको शनिवार नियमित टे«निङ संचालन हुने गणले जनाएको छ ।
- संचालित ट्रेनिङमा जिल्लास्थित ह्याप्पील्याण्ड बोर्डिङ स्कुल, उग्रकान्त सेकेण्डरी स्कूल, लिटिल फ्लावर्स स्कुल र हिमालय क्लबका ६ वर्षदेखी १२ बर्ष उमेर समूहका खेलाडीहरु सहभागि छन् ।
- उनीहरुलाई जिल्ला फुटवल संघ तथा गणका प्रशिक्षकहरुले तालिम प्रदान गरिरहेको गणका कार्याधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया