सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै 

राजविराज राजविराज
|
मंगलबार, मंसिर २४, २०७६
|
|
६१ पटक हेरिएको
Shares

सारांश

  •     विकासीय दृष्टिकोणमा सप्तरीमा एयरपोर्ट, औद्योगिक क्षेत्र तथा हुलाकी सडक जस्ता विकासका अधुरो पुर्वधारहरु रहेतापनि नत धार्मिक क्षेत्रमा कुनै विकास गएको छ न त सप्तरीको एयरपोर्ट औद्योगिक क्षेत्र अञचल अस्पताल हुलाकी सडक र सप्तरीको सदरमुकाम राजविराजका न त विकासीय मुहारहरु फेरिएका छन् ।
  • हरेक क्षेत्रमा पछाडी परेका सप्तरीका बेरोजगार युवाहरु दिनहुँ विदेश पलायन भईरहेका छन् ।
  • सप्तरीका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था दिन प्रतिदिन दैनिय रहेको छ ।

अमरनाथ मण्डल
    ऐतिहासिक, सामाजिक, शैक्षिक तथा धार्मिक इतिहास बोकेका सप्तरी जिल्ला विकासीय दृष्टिकोणमा टुहुरो बन्दै गईरहेको छ । राजनैतिक धरातल बोकेका र देशका महान इतिहास आन्दोलनहरुलाई जन्मदाताको रुपमा स्थापित सप्तरीले न त सामाजिक आर्थिक तथा शैक्षिक लगायत अन्य क्षेत्रहरुमा फड्को मार्न असफल भईरहेको जिम्मेवार को हो भने जिम्मेवारी कले लिने सन्दर्भको चर्चा परिचर्चा चलिरहेको अवस्थामा सप्तरीको धरातलबाट मधेश नायक गजेन्द्र नारायण सिंह गणतन्त्र नायक, राम राजा प्रसाद सिंह जस्ता हस्तीहरुो जन भएको जिल्लाहरुमा यति वर्ष देखि नै विकासीय दृष्टिकोणले पिछडिएको किन छ भने सन्दर्भ आफैमा स्पद रहेको छ । 
    जय प्रकाश नारायण, राम मनोहर लोहिया, हनुमाननगर जेलबाट मुक्त गरी भारतीय स्वतन्त्रतामा पनि अहम योगदान खेलेका सप्तरी जिल्ला तथा नेपालका प्रजातान्त्रिक आन्दोलन, गणतन्त्री आन्दोलन, अधिकारको लडाई लड्ने मधेशको आन्दोलन तथा किसान आन्दोलनहरुमा अग्रिम भुमिका, निर्वाह गरेका सप्तरीबाट जुनसुकै सरकारमा पनि मन्त्रीको नेतृत्व गर्दैै आएतापनि देशको राजनैतिक धरातलबाट तथा आर्थिक धरातलबाट पिछडिएको कारकतत्व के हो भने खोजी गर्नुपर्ने अवस्थाको सृजना भएको छ । स्थानीय निकाय प्रदेश सभा संघीय संसदहरुमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई सप्तरीको माया कति के छ भने सन्दर्भ हेर्दा सप्तरीको विकासका पछाडी पानाहरु पल्टेर हेर्ने चासो जागिरहेको अवस्था छ । राजनैतिक क्षेत्रमा आफ्नो पहिचान बनाएको नै सप्तरी धार्मिक क्षेत्र माँ राजदेवी, माँ भगवती, माँ कंकालिनी, माँ छिन्नमस्ता तथा पर्यटकीय क्षेत्रमा सप्तरीको कोशी टप्पु, सप्तरीको कोशी ब्यारेज, सप्तरीको चुरे वन, सप्तरीको दिनाभद्री स्थल तथा माँ छिन्नमस्ता भगवतीको ख्याती प्राप्त धार्मिक पर्यटक क्षेत्र आफ्नो क्षेत्रमा स्थापित भएको नै छ । 
    विकासीय दृष्टिकोणमा सप्तरीमा एयरपोर्ट, औद्योगिक क्षेत्र तथा हुलाकी सडक जस्ता विकासका अधुरो पुर्वधारहरु रहेतापनि नत धार्मिक क्षेत्रमा कुनै विकास गएको छ न त सप्तरीको एयरपोर्ट औद्योगिक क्षेत्र अञचल अस्पताल हुलाकी सडक र सप्तरीको सदरमुकाम राजविराजका न त विकासीय मुहारहरु फेरिएका छन् । हरेक क्षेत्रमा पछाडी परेका सप्तरीका बेरोजगार युवाहरु दिनहुँ विदेश पलायन भईरहेका छन् । सप्तरीका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था दिन प्रतिदिन दैनिय रहेको छ । खानेपानी, स्वास्थ्य क्षेत्र तथा पर्यटकीय क्षेत्रहरुमा अति नै कमजोर अवस्था देखिन्छ । औद्योगिक क्षेत्रमा नेपाल अधिराज्य भरिको सबभन्दा बढी पिछडिएको जिल्ला सप्तरी नै रहेको छ । शैक्षिक क्षेत्रमा सप्तरीको पहिले भन्दा अहिलेको अवस्थामा केही सुधार भइरहेको छैन । समुदाय विद्यालयहरुमा अवस्था केही नै रहेको छ । निजी विद्यालयहरुको चर्को शुल्कको कारण सर्वसाधारण निमुखाहरु शिक्षा क्षेत्रबाट बञ्चित भईरहेको छ । निर्वाचित स्थानीय निकायहरु आफ्नो कमाई धन्दामा मात्र लागि परेको अनुभव भईरहेको छ । 
    यस पालीको आर्थिक मसान्तका बजेटहरुको दुरुपयोग कि सदुपयोग के भयो भने अनुगमन निकायहरु निष्कृय रहेको छ । जनताको पैसा जनतामा खर्च हुने नैतिक सिद्धान्त रहेको खिल्ली उडाईरहेको छ । स्थानीय निकायका मेयर, अध्यक्ष तथा जनप्रतिनिधिहरु आफ्ना भाई भरेदारहरु तथा शाखा सम्बन्धीहरुलाई जागिर, कोटेशन ठिक्का, उपभोक्ता समितिमा राखी जनताको पैसालाई ब्रह्मलुट मलाएका छन् । प्रदेश सरकारका मन्त्रीहरु गाडीमा झण्डा लगाई कमिशन खानमा व्यस्त देखिन्छ । संघीय संसद तथा मन्त्रीहरु आफुले पाएको अनुदान रकम आफ्ना भाई भरेदार शाखा सम्बन्धी तथा राजनैतिक कार्यकर्ताहरुलाई बाँडफाँड गरी आफू कमाएका धन्दा बनाएका छन् । 
    यी यावत समस्याहरुले गर्दा सप्तरीमा भ्रष्टाचारहरुको प्रवृति बढिरहेका छन् भने केही दिन पछि नेपालमा सबभन्दा बढी भ्रष्टाचार हुने जिल्ला सप्तरी नै पर्ने बेर छैन । राज्यबाट मधेशलाई सधै शोसित र उपेक्षित गरेको आफ्नै ठाउँमा छँदै छ शासक वर्गहरुबाट सधैं मधेशी आदीबासी, जनजाति माथि शोसन नै गरिरहेको छ । नैसिक अधिकरबाट मधेशी जनताहरु बञ्चित रहेको नै छ । मधेशी जनतालाई विदेशी बनाउने षड्यन्त्र नै भईरहेको छ । संविधान संशोधन नागरिक विधेयक लगायत यावत मुद्दाहरु माथि विभेदीकरणको नितीले यावत शोसन नै गरिरहेको छ । यस्तो अवस्थामा मधेशका स्थानीय जनप्रतिनिधिहरु प्रदेश संसदहरु इमान्दारीतापुर्वक आफ्नो जिम्मेवारीलाई निर्वाह गरी भ्रष्टाचारलाई अन्त्य गरी सप्तरी जस्तो इतिहास बोकेका जिल्लामा विकासीय मुहानहरुलाई अगाडी बढाई जनताको अपेक्षा र आशालाई कायम गर्नुपर्ने अवस्था देखिन्छ । न त कसैको अस्तीत्व बाँकी रहन नसक्ने बेर लाग्ने अवस्थाको सिर्जना हुन्छ । यो पंक्तिकारको भावना कसैलाई मर्माहित गर्ने नरहेको वास्तविकतालाई औल्याएको जनताको आवाजलाई कलमको मार्फत जनता समक्ष राखेको मात्र हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव
भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तर्राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता सुरु
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी