सप्तरीको विकास सुख्खा परेको खडेरी खेत जस्तै 

राजविराज राजविराज
|
मंगलबार, मंसिर २४, २०७६
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  •     विकासीय दृष्टिकोणमा सप्तरीमा एयरपोर्ट, औद्योगिक क्षेत्र तथा हुलाकी सडक जस्ता विकासका अधुरो पुर्वधारहरु रहेतापनि नत धार्मिक क्षेत्रमा कुनै विकास गएको छ न त सप्तरीको एयरपोर्ट औद्योगिक क्षेत्र अञचल अस्पताल हुलाकी सडक र सप्तरीको सदरमुकाम राजविराजका न त विकासीय मुहारहरु फेरिएका छन् ।
  • हरेक क्षेत्रमा पछाडी परेका सप्तरीका बेरोजगार युवाहरु दिनहुँ विदेश पलायन भईरहेका छन् ।
  • सप्तरीका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था दिन प्रतिदिन दैनिय रहेको छ ।

अमरनाथ मण्डल
    ऐतिहासिक, सामाजिक, शैक्षिक तथा धार्मिक इतिहास बोकेका सप्तरी जिल्ला विकासीय दृष्टिकोणमा टुहुरो बन्दै गईरहेको छ । राजनैतिक धरातल बोकेका र देशका महान इतिहास आन्दोलनहरुलाई जन्मदाताको रुपमा स्थापित सप्तरीले न त सामाजिक आर्थिक तथा शैक्षिक लगायत अन्य क्षेत्रहरुमा फड्को मार्न असफल भईरहेको जिम्मेवार को हो भने जिम्मेवारी कले लिने सन्दर्भको चर्चा परिचर्चा चलिरहेको अवस्थामा सप्तरीको धरातलबाट मधेश नायक गजेन्द्र नारायण सिंह गणतन्त्र नायक, राम राजा प्रसाद सिंह जस्ता हस्तीहरुो जन भएको जिल्लाहरुमा यति वर्ष देखि नै विकासीय दृष्टिकोणले पिछडिएको किन छ भने सन्दर्भ आफैमा स्पद रहेको छ । 
    जय प्रकाश नारायण, राम मनोहर लोहिया, हनुमाननगर जेलबाट मुक्त गरी भारतीय स्वतन्त्रतामा पनि अहम योगदान खेलेका सप्तरी जिल्ला तथा नेपालका प्रजातान्त्रिक आन्दोलन, गणतन्त्री आन्दोलन, अधिकारको लडाई लड्ने मधेशको आन्दोलन तथा किसान आन्दोलनहरुमा अग्रिम भुमिका, निर्वाह गरेका सप्तरीबाट जुनसुकै सरकारमा पनि मन्त्रीको नेतृत्व गर्दैै आएतापनि देशको राजनैतिक धरातलबाट तथा आर्थिक धरातलबाट पिछडिएको कारकतत्व के हो भने खोजी गर्नुपर्ने अवस्थाको सृजना भएको छ । स्थानीय निकाय प्रदेश सभा संघीय संसदहरुमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुलाई सप्तरीको माया कति के छ भने सन्दर्भ हेर्दा सप्तरीको विकासका पछाडी पानाहरु पल्टेर हेर्ने चासो जागिरहेको अवस्था छ । राजनैतिक क्षेत्रमा आफ्नो पहिचान बनाएको नै सप्तरी धार्मिक क्षेत्र माँ राजदेवी, माँ भगवती, माँ कंकालिनी, माँ छिन्नमस्ता तथा पर्यटकीय क्षेत्रमा सप्तरीको कोशी टप्पु, सप्तरीको कोशी ब्यारेज, सप्तरीको चुरे वन, सप्तरीको दिनाभद्री स्थल तथा माँ छिन्नमस्ता भगवतीको ख्याती प्राप्त धार्मिक पर्यटक क्षेत्र आफ्नो क्षेत्रमा स्थापित भएको नै छ । 
    विकासीय दृष्टिकोणमा सप्तरीमा एयरपोर्ट, औद्योगिक क्षेत्र तथा हुलाकी सडक जस्ता विकासका अधुरो पुर्वधारहरु रहेतापनि नत धार्मिक क्षेत्रमा कुनै विकास गएको छ न त सप्तरीको एयरपोर्ट औद्योगिक क्षेत्र अञचल अस्पताल हुलाकी सडक र सप्तरीको सदरमुकाम राजविराजका न त विकासीय मुहारहरु फेरिएका छन् । हरेक क्षेत्रमा पछाडी परेका सप्तरीका बेरोजगार युवाहरु दिनहुँ विदेश पलायन भईरहेका छन् । सप्तरीका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था दिन प्रतिदिन दैनिय रहेको छ । खानेपानी, स्वास्थ्य क्षेत्र तथा पर्यटकीय क्षेत्रहरुमा अति नै कमजोर अवस्था देखिन्छ । औद्योगिक क्षेत्रमा नेपाल अधिराज्य भरिको सबभन्दा बढी पिछडिएको जिल्ला सप्तरी नै रहेको छ । शैक्षिक क्षेत्रमा सप्तरीको पहिले भन्दा अहिलेको अवस्थामा केही सुधार भइरहेको छैन । समुदाय विद्यालयहरुमा अवस्था केही नै रहेको छ । निजी विद्यालयहरुको चर्को शुल्कको कारण सर्वसाधारण निमुखाहरु शिक्षा क्षेत्रबाट बञ्चित भईरहेको छ । निर्वाचित स्थानीय निकायहरु आफ्नो कमाई धन्दामा मात्र लागि परेको अनुभव भईरहेको छ । 
    यस पालीको आर्थिक मसान्तका बजेटहरुको दुरुपयोग कि सदुपयोग के भयो भने अनुगमन निकायहरु निष्कृय रहेको छ । जनताको पैसा जनतामा खर्च हुने नैतिक सिद्धान्त रहेको खिल्ली उडाईरहेको छ । स्थानीय निकायका मेयर, अध्यक्ष तथा जनप्रतिनिधिहरु आफ्ना भाई भरेदारहरु तथा शाखा सम्बन्धीहरुलाई जागिर, कोटेशन ठिक्का, उपभोक्ता समितिमा राखी जनताको पैसालाई ब्रह्मलुट मलाएका छन् । प्रदेश सरकारका मन्त्रीहरु गाडीमा झण्डा लगाई कमिशन खानमा व्यस्त देखिन्छ । संघीय संसद तथा मन्त्रीहरु आफुले पाएको अनुदान रकम आफ्ना भाई भरेदार शाखा सम्बन्धी तथा राजनैतिक कार्यकर्ताहरुलाई बाँडफाँड गरी आफू कमाएका धन्दा बनाएका छन् । 
    यी यावत समस्याहरुले गर्दा सप्तरीमा भ्रष्टाचारहरुको प्रवृति बढिरहेका छन् भने केही दिन पछि नेपालमा सबभन्दा बढी भ्रष्टाचार हुने जिल्ला सप्तरी नै पर्ने बेर छैन । राज्यबाट मधेशलाई सधै शोसित र उपेक्षित गरेको आफ्नै ठाउँमा छँदै छ शासक वर्गहरुबाट सधैं मधेशी आदीबासी, जनजाति माथि शोसन नै गरिरहेको छ । नैसिक अधिकरबाट मधेशी जनताहरु बञ्चित रहेको नै छ । मधेशी जनतालाई विदेशी बनाउने षड्यन्त्र नै भईरहेको छ । संविधान संशोधन नागरिक विधेयक लगायत यावत मुद्दाहरु माथि विभेदीकरणको नितीले यावत शोसन नै गरिरहेको छ । यस्तो अवस्थामा मधेशका स्थानीय जनप्रतिनिधिहरु प्रदेश संसदहरु इमान्दारीतापुर्वक आफ्नो जिम्मेवारीलाई निर्वाह गरी भ्रष्टाचारलाई अन्त्य गरी सप्तरी जस्तो इतिहास बोकेका जिल्लामा विकासीय मुहानहरुलाई अगाडी बढाई जनताको अपेक्षा र आशालाई कायम गर्नुपर्ने अवस्था देखिन्छ । न त कसैको अस्तीत्व बाँकी रहन नसक्ने बेर लाग्ने अवस्थाको सिर्जना हुन्छ । यो पंक्तिकारको भावना कसैलाई मर्माहित गर्ने नरहेको वास्तविकतालाई औल्याएको जनताको आवाजलाई कलमको मार्फत जनता समक्ष राखेको मात्र हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते 
कुटपिटमा पाँच घाइते
कुटपिटमा पाँच घाइते
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
मेलमिलाप सम्बन्धि तालिम शुरु 
मेलमिलाप सम्बन्धि तालिम शुरु 
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?