दैनिक समाचारदाता
राजविराज, २० माघ ।
भारतीय दूताबासको आर्थिक सहयोगमा सप्तरीमा निर्मित अस्पताल तथा विद्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले अस्पताल तथा विद्यालय भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् ।
भारतीय राजदुत श्रीवास्तावले ती योजनाहरुको उद्घाटन गर्दै भारत सधैं नेपालको विकासका लागि अग्रसर रहेको बताउँदै सप्तरीसहित नेपालको विकासकालागि थप काम अगाडी बढाउने प्रतिबद्धता समेत जनाए ।
करिब दुई दशकअघि सप्तरीमा प्रदान गरेको पाँच वटा विभिन्न योजनाहरुमध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रसुती भवन र बोरिया तथा ब्रम्हपुर मावि भवनको उदघाटन भएको हो ।
यता बाँकी रहेको कन्या छात्राबास र कुनौली फत्तेपुर सडकको निर्माण काम अझ अधुरा रहेकाले कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा दुईतर्फी छलफल गरेर अगाडी बढ्ने उनले जनाए ।
भवन उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादवले भारतीय अनुदानले सप्तरीमा रहेका अधुरा योजनाहरु सम्पन्न गराउन राजदुत श्रीवास्तवसमक्ष आग्रह गर्दै थप योजनाहरु प्रदान गर्न आग्रह गरेका थिए ।
जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्यद्वय जितेन्द्र नारायण देव, शेखर सिंह, मधेस प्रदेशसभा सदस्यद्वय सकिल मियाँ र किरण साह तथा विभिन्न स्थानीय तहका प्रमुखसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा स्थानीयहरुको सहभागिता थियो ।
भारत सधैं नेपालको विकासका लागि अग्रसर ः भारतीय राजदुत श्रीवास्तव
सारांश
- नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले अस्पताल तथा विद्यालय भवनको एक समारोहबीच उद्घाटन गरेका हुन् ।
- भारतीय राजदुत श्रीवास्तावले ती योजनाहरुको उद्घाटन गर्दै भारत सधैं नेपालको विकासका लागि अग्रसर रहेको बताउँदै सप्तरीसहित नेपालको विकासकालागि थप काम अगाडी बढाउने प्रतिबद्धता समेत जनाए ।
- करिब दुई दशकअघि सप्तरीमा प्रदान गरेको पाँच वटा विभिन्न योजनाहरुमध्ये राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रसुती भवन र बोरिया तथा ब्रम्हपुर मावि भवनको उदघाटन भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया