विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन १७, २०८०
|
|
६२ पटक हेरिएको
Shares
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 

सारांश

  •     दुध वापतको करौडो रुपैया भुक्तानी, भारतबाट अवैध रुपमा भित्रिने गरेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक, दुधको मूल्यमा एकरुपता लगायतका विभिन्न माग राखी उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
  • दुधको ट्याँकरलाई सडक मै तेस्र्याएर अवरोध गरेपछि दिउँसो १२ बजेदेखि दिउसो १ बजे सम्म राजमार्गको आवागमन पुर्णरुपमा ठप्प बन्यो ।
  •       दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले यस अघि घोषणा गरेको सडक मै दुध पोखेर विरोध गर्ने कार्यक्रम परिवर्तन गरी चक्का जामका कारण रोकिएका सवारी सधानका यात्रुलाई दुधको गोरख बनाएर खुवाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।

    दुग्ध उत्पादक किसानहरुले विहीवार सप्तरीको महुली सडकखण्डमा प्रर्दशनसहित सडक जाम गरेका छन् । पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै सयौंको संख्यामा उपस्थित किसानहरुले दुध ढुवानी गर्ने ट्याँकर सडक मै ते¥स्याएर प्रर्दशन र चक्का जाम गरे ।
    दुध वापतको करौडो रुपैया भुक्तानी, भारतबाट अवैध रुपमा भित्रिने गरेको दुध तथा दुग्धजन्य पर्दाथमा रोक, दुधको मूल्यमा एकरुपता लगायतका विभिन्न माग राखी उनीहरु आन्दोलनमा उत्रेका हुन् । दुधको ट्याँकरलाई सडक मै तेस्र्याएर अवरोध गरेपछि दिउँसो १२ बजेदेखि दिउसो १ बजे सम्म राजमार्गको आवागमन पुर्णरुपमा ठप्प बन्यो ।  
    दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानहरुले यस अघि घोषणा गरेको सडक मै दुध पोखेर विरोध गर्ने कार्यक्रम परिवर्तन गरी चक्का जामका कारण रोकिएका सवारी सधानका यात्रुलाई दुधको गोरख बनाएर खुवाएका छन् । 
    दुधलाई पोखेर नस्ट गर्नूृ भन्दा अरुलाई निःशुल्क खुवाउनु नै उचित हुने भनी दुग्ध उत्पादक किसानहरुको सुझाव आएपछि सडकमा दुध पोख्ने कार्यक्रम परिवर्तन गरिएको संघर्ष समितिका संयोजक दिपेन्द्र कुमार आर्चायले बताए । 
    सडक मै नाचगान गरेर विरोध जनाएका आन्दोलनकारीहरुले दुधको ८ करोड भन्दा बढी बाँकी बक्यौता भुक्तानी गर, दूधको मुल्यमा एकरुपता कायम गर, कृषिमा विचौलियाको अन्त्य गर, भारतीय दुधको प्रवेशमा रोक लगाउ, स्वदेशी उत्पादकलाई प्रोत्साहन गर लगायतका नारा अंकीत प्लेकार्र्ड सहित नाराबाजी समेत गरे । 
    सरकारको ध्यानाकर्षण गराउन आफुहरु यस किसिमको सडक संर्घषमा उत्रिन बाध्य भएको संघर्ष समितिका संयोजक आर्चायको भनाई छ । उनले धर्ना र सडक जाम लगायतका कार्यक्रमबाट पनि सरकारले समस्या समाधानका लागी गम्भिरता नदेखाए फागुन २१ देखि काठमाण्डौ माईतीघर मण्डेलमा पुगी आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । 
    दुग्ध उत्पादक किसानहरुले सरकारी स्वामित्वमा रहेको विराटनगर स्थित दुग्ध विकास संस्थान वितरण आयोजनामा ४ करोड तथा अन्य निजी डेरी उधोगमा ४ करोड गरी किसानहरुले बेचेको दुधवापत ८ करोड रुपैया विगत ९ महिना देखि भुक्तानी पाउन नसकेको बताएका छन् । 
    दुग्ध उत्पादक किसानहरुको समस्यालाई लिएर पटक÷पटक स्थानीय प्रशासनदेखि संघिय सरकार सम्म लिखित र मौखिक जानकारी गराउँदा पनि कुनै पहल नभएको किसानहरुको गुनासो छ । 
    मधेश प्रदेशका ८ जिल्ला मध्ये सबै भन्दा बढी सप्तरीमा दुध उत्पादन हुने गरेको छ । दुग्ध उत्पादक सहकारी संस्था सप्तरीका अनुसार जिल्लामा दैनिक २५ हजार लिटर दुध उत्पादन हुने गरेको छ । जुन मधेश प्रदेश मै सबै भन्दा बढी हो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
निःशुल्क आँखा जाच शिविरबाट विद्यार्थी र शिक्षक लाभान्वित
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
नेताका कारण सम्पूर्ण नेपालीको पहिचान गुमायो ः राष्ट्रिय अध्यक्ष पटेल
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
लिटिल एन्जेल बिजयी
लिटिल एन्जेल बिजयी