होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने

सारांश

  •     मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा होलीको शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले यस्तो जानकारी गराएका हुन् ।
  •       होलीमा जबरजस्ती रंग हाल्ने, लोला हान्ने, मदिरा सेवन गरि सवारीसाधन चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने लगायतका गतिविधी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने उनले बताए ।
  • यसका अतिरिक्त खुल्ला रुपमा मद्यपान, ध्रुमपान जस्ता बिकृतीपूर्ण कार्य गर्नेलाई समेत पक्राउ गरि कानुनमा व्यवस्था भए बमोजिमको कारवाही गरिने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीले होली पर्व सुरक्षित बनाउन ५ सय २३ सुरक्षाकर्मीसहित ड्रोन र सिसी क्यामराबाट निगरानी गर्ने जानकारी दिएको छ । 
    मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा होलीको शुभकामना आदान प्रदान तथा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले यस्तो जानकारी गराएका हुन् ।  
    होलीमा जबरजस्ती रंग हाल्ने, लोला हान्ने, मदिरा सेवन गरि सवारीसाधन चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने लगायतका गतिविधी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही गर्ने उनले बताए । यसका अतिरिक्त खुल्ला रुपमा मद्यपान, ध्रुमपान जस्ता बिकृतीपूर्ण कार्य गर्नेलाई समेत पक्राउ गरि कानुनमा व्यवस्था भए बमोजिमको कारवाही गरिने उनको भनाई छ ।    
    होली पर्वका दिन नगर क्षेत्रमा ८४ वटा सीसी टिभि क्यामरा तथा दुई वडा ड्रोन क्यामरामार्फत समेत निगरानी गरिने उनले जानकारी दिए । मर्यादित रुपमा होली मनाउन जिल्लाका सबै वडा एरियामा जिंगल तथा माइकिङ मार्फत सबैसँग अनुरोध गरिने बताएका उनले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित र व्यवस्थित बनाउन ५ सय २३ प्रहरी परिचालन हुने उनले जनाए । 
    शान्त र मर्यादित भएर होली मनाउने वातावरणका लागि होली पर्व लक्षित विशेष सुरक्षा योजनामा छड्के चेकिङ, कमान्ड पोष्ट, गाडी मोवाइल, मोटरसाइकल गस्ती, ट्राफिकसहितको चेक प्वान्ट, पैदल गस्ती लगायतका सुरक्षा रणनीति समेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो अवसरमा प्रहरी उपरिक्षक खतिवडा तथा संचारकर्मीहरु एक आपसमा रंग, अबिर लगाएर होलीको शुभकामना साटासाट गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जना घाइते 
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
दादुरा रूवेला खोप अभियान फागुन १ देखी 
दादुरा रूवेला खोप अभियान फागुन १ देखी 
एकद्वार प्रणाली मार्फत बाढीपीडितलाई  राहत बितरण गर्न निर्देशन
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
कार्यालय प्रमुखमाथी हातपात तथा दुव्र्यहार भएको भन्दै कर्मचारी आन्दोलित 
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
सप्तरीको बैरवामा चैत २१ गते बृहत साहित्यीक कार्यक्रम हुने
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत
अग्नीपिडितलाई गाउँपालिकाद्वारा राहत