दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेललाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरी हाताभित्रै कुटिपिट भएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा समाचार संकलनका सिलसिलामा जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेलमाथि त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक(असई) राजेश्वर महतोले दुव्र्यवहार गर्दै कुटपिट गरेको उल्लेख छ ।
जिल्ला प्रहरीस्थित मुद्दामा शाखामा जर्बजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न नमानेको भनि पीडित पक्षको गुनासोको आधारमा सोही विषयमा जानकारी लिन खोज्दा पत्रकार पोखरेलमाथि असई महतोले दुर्ब्यवहार गर्दै कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुटपिटबाट घाईते भएका पत्रकार पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
यता घटनाबारे जानकारी पाएर नेपाल पत्रकार महासंघका एक टोली जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका छन् ।
घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । सचिव विश्वासले तीन दिनभित्र पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असईमाथि कारबाही नगरिए महासंघ संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
साथै विज्ञप्तिमा नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै एक जना असईबाट कुटपिट हुनु भनेको प्रेसमाथिको ठाडो हस्तक्षेप भएको पत्रकार महासंघले ठहर गर्दै यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न गृह मन्त्रालयसमेतको ध्यानाकर्षण गराइएको छ ।
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा समाचार संकलनका सिलसिलामा जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेलमाथि त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक(असई) राजेश्वर महतोले दुव्र्यवहार गर्दै कुटपिट गरेको उल्लेख छ ।
- जिल्ला प्रहरीस्थित मुद्दामा शाखामा जर्बजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न नमानेको भनि पीडित पक्षको गुनासोको आधारमा सोही विषयमा जानकारी लिन खोज्दा पत्रकार पोखरेलमाथि असई महतोले दुर्ब्यवहार गर्दै कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।
- कुटपिटबाट घाईते भएका पत्रकार पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया