दैनिक समाचारदाता
राजविराज, ३० फागुन ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले म्याद सकिएपछि थपिएका ८४ जना मतदाताको नाम हटाउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएको छ ।
लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको नेतृत्वमा गएको एक टोलीले मतदाता नामावलीमा नाम समावेश गर्ने समय बितिसक्दा पनि मतदाताको नाम समावेश गरेको भन्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उजुरी पत्र बुझाइएको हो ।
बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि गत माघ २४ गते नै मतदाता परिचयपत्रका लागि आवश्यक विवरण लिने काम बन्द भइसकेकोमा माघ २७ र २८ गते राजविराज नगरपालिका वडा नं. ६ का केही व्यक्तिहरुको निजि घरमा गई फोटो खिच्ने काम र मतदाता सूचीमा समावेश गर्ने काम समेत भएको बुझाइएको उजुरी पत्रमा उल्लेख छ ।
उजुरी पत्रमा म्याद सकिएपछि थप गरिएका ८४ जनाको नामावली समेत समावेश गरिएको लोसपाका केन्द्रिय सदस्य शैलेश चौधरीले जानकारी दिए ।
पार्टीका जिल्ला अध्यक्ष झाद्वारा बुझाइएको उजुरीमा म्याद सकिएपछि फोटो खिचिएका केही व्यक्तिको नाम निर्वाचन कार्यालयको आधिकारीक वेवसाइटमा समेत फेला परेको दाबीका साथ ती नामहरु हटाउन माग गरिएको छ । त्यस्तै उक्त कार्यमा संलग्न जनप्रतिनिधि र कर्मचारीमाथी कारवाहीको माग समेत गरिएको छ ।
उजुरी पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यक छानबिन गरि दोषिमाथी कारवाही गरिने जानकारी दिएका छन् ।
उजुरी पत्र बुझाउन जिल्ला समनवय समितिका प्रमुख प्रभाकर यादव, लोसपा केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, बिनोद यादव, अमरनाथ मण्डल, जिल्ला सदस्य शशि चौधरी लगायत पार्टीका नेताहरु समेत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
यसैबीच जिल्ला निर्वाचन अधिकारी रमेश जोशीसँग सम्पर्क गर्दा आफू कार्यालय बाहिर रहेको बताउँदै कार्यालय आएपछि बास्तविकता बुझेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी
सारांश
- लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको नेतृत्वमा गएको एक टोलीले मतदाता नामावलीमा नाम समावेश गर्ने समय बितिसक्दा पनि मतदाताको नाम समावेश गरेको भन्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उजुरी पत्र बुझाइएको हो ।
- बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि गत माघ २४ गते नै मतदाता परिचयपत्रका लागि आवश्यक विवरण लिने काम बन्द भइसकेकोमा माघ २७ र २८ गते राजविराज नगरपालिका वडा नं.
- ६ का केही व्यक्तिहरुको निजि घरमा गई फोटो खिच्ने काम र मतदाता सूचीमा समावेश गर्ने काम समेत भएको बुझाइएको उजुरी पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया