दैनिक समाचारदाता
राजविराज, १७ भदौ ।
अहिले सप्तरीमा दिनहुँजसो गौं हत्यामा संलग्नमाथी कारवाही तथा हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन भइरहेको छ ।
सुनसरीको धरानमा भएको गांै हत्यामा संलग्नलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै विभिन्न हिन्दुवादी संघसंस्थाहरुले सो प्रर्दशन गरिरहेका हुन् ।
यसैबीच आइतबार विश्व हिन्दु परिषद् नेपाल, कबिर पन्थ, रमानन्दी वैष्णव संघ, भगताही फस्न्थ, हिन्दु स्वंयसेवक संघ र हनुमान अराधाना मण्डल सप्तरी लगयतका संघ सस्थाको अगुवाईमा गाउँ गाउँबाट पुगेका साधु, सन्त तथा हिन्दुवादी अगुवाहरुले प्रर्दशन गरेका छन् ।
सो प्रदर्शनमा धर्म निरपेक्षता खारेज गर, हिन्दु राष्ट्र कायम गर, गौ हत्या बन्द गर लगायतका नारासहित गौं हत्यामा संलग्न रहेकाहरुलाई अबिलम्व पक्राउ गरी कडा कारवाही तथा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरिएको छ ।
स्थानीय भगवती मन्दिर प्राङ्गणबाट निस्किेको जुलुस नगर क्षेत्र परिक्रमा पश्चात पुनः सोही ठाउँमा पुगी विरोध सभामा परिणत भएको थियो ।
सभामा विश्व हिन्दु परिषद् नेपाल सप्तरीका अध्यक्ष राम किसुन साह, विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय सचिव राम नारायण ठाकुर, हिन्दु स्वयसेवक संघ सप्तरीका संघ चालक भोगेन्द्र झा, सन्त जिवछ साहव, मोती दास, भोला दास, फुलेश्वर यादव लगायतले राष्ट्रिय जनावर तथा हिन्दुहरुको आस्थाको प्रतिक गाईलाई मारेर खानु कानुन विपरित हुनुका साथै धर्म संस्कृति र परम्परामाथी नै प्रहार भएको बताए ।
महिलाहरुको उल्लेख्य सहभागिता रहेको उक्त प्रदर्शनमा गांै हत्यामा संलग्नमाथी कारवाही तथा हिन्दु राष्ट्रका लागी चरणबद्धरुपमा आन्दोलन जारी राख्ने उद्घोष समेत गरिएको छ ।
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शन
सारांश
- सुनसरीको धरानमा भएको गांै हत्यामा संलग्नलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै विभिन्न हिन्दुवादी संघसंस्थाहरुले सो प्रर्दशन गरिरहेका हुन् ।
- यसैबीच आइतबार विश्व हिन्दु परिषद् नेपाल, कबिर पन्थ, रमानन्दी वैष्णव संघ, भगताही फस्न्थ, हिन्दु स्वंयसेवक संघ र हनुमान अराधाना मण्डल सप्तरी लगयतका संघ सस्थाको अगुवाईमा गाउँ गाउँबाट पुगेका साधु, सन्त तथा हिन्दुवादी अगुवाहरुले प्रर्दशन गरेका छन् ।
- सो प्रदर्शनमा धर्म निरपेक्षता खारेज गर, हिन्दु राष्ट्र कायम गर, गौ हत्या बन्द गर लगायतका नारासहित गौं हत्यामा संलग्न रहेकाहरुलाई अबिलम्व पक्राउ गरी कडा कारवाही तथा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया