बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 

राजविराज राजविराज
|
सोमबार, पौष २०, २०७७
|
|
८६ पटक हेरिएको
Shares
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 

सारांश

  •     सोही समस्याले गम्भिर अवस्थामा रहेकी ती दम्पत्तिको एक मात्र सन्तान १६ वर्षिया अमैया धामीलाई पुस १४ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
  •       बि.
  • स.

दैनिक समाचारदाता
राजविराज, २० पुस ।
    नौं वर्षअघि एचआइभी एड्सबाट राजविराज वडा नं. १ चनौरा पडरिया निवासी एक दम्पत्तिको मृत्यु पश्चात् उनका १६ वर्षिया छोरी समेत सोही समस्याले सिकिस्त बनेकी छिन् । 
    सोही समस्याले गम्भिर अवस्थामा रहेकी ती दम्पत्तिको एक मात्र सन्तान १६ वर्षिया अमैया धामीलाई पुस १४ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।  
    बि.स. २०६८ बैशाख २ गते उनकी आमाको एचआइभी एड्सबाट मृत्यु भएको तीन दिनपछि बुबा इन्दल धामीको समेत मृत्यु भएको थियो । 
    हाल अस्पतालमा भर्ना रहेकी अमैया सोही समस्याबाट गम्भिर अवस्थामा पुगेपछि आफन्तको आग्रहमा अस्पतालमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । 
    बाबुआमा दुबैको मृत्यु भएपछि घरमा एक्लै रहेकी अमैयालाई उनका मावलीतर्फका बृद्ध हजुरबुबा र हजुरआमाले कहिले काही आएर हेरचाह गर्ने गरेका थिए । बृद्ध अवस्थामा रहेका उनीहरुकै आग्रहमा अमैयालाई अस्पतालमा ल्याई मेडिकल वार्डको ६१ नं. बेडमा भर्ना गरिएको एचआइभी एड्स विभागमा कार्यरत स्टाफ नर्स सुनिता यादवले बताइन् । 
    कोही आफन्त नआउँदा अहिले उनको हेरचाहमा उनीसँगै अस्पतालका नर्स प्रमिला चौधरी र संगिता देव दिनरात खटिरहेको यादवको भनाई छ । यस्तै अस्पतालका प्रमुख डा. झा र प्रहरी बिटका हवल्दार रामशंकर यादवले पनि व्यक्तिगत सहयोग उपलब्ध गराइरहेको उनले बताईन् । 
    ९स्यता अस्पतालले अमैयाको स्यहार गरिरहेपनि अवस्थामा सुधार नदेखिएका कारण धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको मेसु डा. झाले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
ग्रामिण सत्य, तथ्य, व्यवसायिक र खोजमुलक पत्रकारिता नाराका साथ पाँच दिने तालिम सुरु
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
अलपत्र भारतीय बालकको  प्रहरीद्वारा उद्दार
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
दुई हजार घुस लिदै गर्दा समातिए मण्डल
दुई हजार घुस लिदै गर्दा समातिए मण्डल
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
माघ १३ गते सत्तापक्षिय नेकपाको शक्ति प्रदर्शन
मदिरा पसल बेलुका ८ बजे, होटल र पान पसल ९ बजेसम्म मात्र संचालन गर्न पाउने
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
एक महिलासहित ६ कैदीलाई माफी 
एक महिलासहित ६ कैदीलाई माफी