दैनिक समाचारदाता
राजविराज, ८ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुभारम्भ गरेको थ्री फेज कृषी विद्युतिकरण कार्यको चार दिन नबित्दै शनिबार मध्य राती विद्युतको ट्रान्सफर्मर तोडफोड गरिएको पाइएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले वडा नं. ६ अन्तरगत किसानहरुका लागि लगाइएको थ्री फेज कृषी विद्युतीकरणको एक सय केभिएको ट्रान्सफर्मर शनिबार मध्यराती तोडफोड गरि खेतमा फ्यालिएको अवस्थामा पाइएको हो ।
पालिकाका नगरप्रमुख बिरेन्द्र माझीले किसानहरुका लागि जडान गरिएको ट्रान्सफर्मर तोडफोड गरि खेतमा फ्यालिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीले घटनको अनुसन्धान थालेको जानकारी दिए ।
“राती ११÷१२ बजेसम्म किसानहरुले मोटरबाट खेतमा सिंचाई गरे” नगर प्रमुख माझीले भने, “मध्यरातीको २÷३ बजेतिरको घटना हुनसक्छ, मैले बिहान ७ बजेतिर मात्र जानकारी पाएको हुँ,।”
गत बुधवार मात्र मुख्यमन्त्री सिंहले थ्री फेज कृषी विद्युतिकरण कार्यको शुभारम्भ गरेका थिए । कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
उक्त विद्युतिकरण कार्यले ती क्षेत्रका कृषकहरूले डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख माझीले बताउँदै सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै व्यहोर्ने जनाए ।
थ्री फेज विद्युतिकरणपछि किसानले सहज रूपमा मोटरपम्प चलाउन सक्ने र समयमै खेतमा पानी पु¥याउन सक्ने भएकाले उत्पादनमा उल्लेख्य वृद्धि हुने आशा गरिएको छ ।
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले वडा नं.
- ६ अन्तरगत किसानहरुका लागि लगाइएको थ्री फेज कृषी विद्युतीकरणको एक सय केभिएको ट्रान्सफर्मर शनिबार मध्यराती तोडफोड गरि खेतमा फ्यालिएको अवस्थामा पाइएको हो ।
- पालिकाका नगरप्रमुख बिरेन्द्र माझीले किसानहरुका लागि जडान गरिएको ट्रान्सफर्मर तोडफोड गरि खेतमा फ्यालिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीले घटनको अनुसन्धान थालेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया