चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड

राजविराज राजविराज
|
आइतबार, आषाढ ८, २०८२
|
|
१२१ पटक हेरिएको
Shares
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले वडा नं.
  • ६ अन्तरगत किसानहरुका लागि लगाइएको थ्री फेज कृषी विद्युतीकरणको एक सय केभिएको ट्रान्सफर्मर शनिबार मध्यराती तोडफोड गरि खेतमा फ्यालिएको अवस्थामा पाइएको हो ।
  •     पालिकाका नगरप्रमुख बिरेन्द्र माझीले किसानहरुका लागि जडान गरिएको ट्रान्सफर्मर तोडफोड गरि खेतमा फ्यालिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीले घटनको अनुसन्धान थालेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 

    मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुभारम्भ गरेको थ्री फेज कृषी विद्युतिकरण कार्यको चार दिन नबित्दै शनिबार मध्य राती विद्युतको ट्रान्सफर्मर तोडफोड गरिएको पाइएको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले वडा नं. ६ अन्तरगत किसानहरुका लागि लगाइएको थ्री फेज कृषी विद्युतीकरणको एक सय केभिएको ट्रान्सफर्मर शनिबार मध्यराती तोडफोड गरि खेतमा फ्यालिएको अवस्थामा पाइएको हो ।
    पालिकाका नगरप्रमुख बिरेन्द्र माझीले किसानहरुका लागि जडान गरिएको ट्रान्सफर्मर तोडफोड गरि खेतमा फ्यालिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरीले घटनको अनुसन्धान थालेको जानकारी दिए । 
    “राती ११÷१२ बजेसम्म किसानहरुले मोटरबाट खेतमा सिंचाई गरे” नगर प्रमुख माझीले भने, “मध्यरातीको २÷३ बजेतिरको घटना हुनसक्छ, मैले बिहान ७ बजेतिर मात्र जानकारी पाएको हुँ,।”  
    गत बुधवार मात्र मुख्यमन्त्री सिंहले थ्री फेज कृषी विद्युतिकरण कार्यको शुभारम्भ गरेका थिए । कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।
    उक्त विद्युतिकरण कार्यले ती क्षेत्रका कृषकहरूले डिजेलपम्पमा निर्भर हुनु नपर्ने नगरप्रमुख माझीले बताउँदै सिंचाइका लागि आवश्यक पर्ने विद्युत महसुल नगरपालिकाले नै व्यहोर्ने जनाए ।
    थ्री फेज विद्युतिकरणपछि किसानले सहज रूपमा मोटरपम्प चलाउन सक्ने र समयमै खेतमा पानी पु¥याउन सक्ने भएकाले उत्पादनमा उल्लेख्य वृद्धि हुने आशा गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
जनप्रतिनिधिद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
वरिष्ठ वामपन्थी नेता वर्माको निधन
वरिष्ठ वामपन्थी नेता वर्माको निधन
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह
तिलाठीमा कुस्ती प्रतियोगिता सुरु, सहिद साकेतको स्मारक निर्माणका लागि आर्थिक सहयोग गर्ने ः सामाजिक मन्त्री साह

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी