प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान

सारांश

  •     मधेश सम्मान यात्राका क्रममा आइतबार राजविराज आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो आह्वान गरेका हुन् ।
  •       प्रधानमन्त्री ओलीले शनिबार बिराटनगरको कार्यक्रममा अदालतलाई धम्क्याउँदै दिएको अभिव्यक्ति प्रति कडा असन्तुष्टि पोख्दै नेता पौडेलले कुर्सी छाडेर आन्दोलनमा आउन प्रधानमन्त्री ओलीलाई आह्वान गरे ।
  •       वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले चालेको कदम पूर्णत असंबैधानिक रहेको भन्दै यसबारे नेपाली काँग्रेसप्रति कुनै पनि भ्रम र अस्पष्टता नराख्न आग्रह समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद छाडी आन्दोलनमा आउन आह्वान गरेका छन् । 
    मधेश सम्मान यात्राका क्रममा आइतबार राजविराज आइपुगेका काँग्रेसका वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो आह्वान गरेका हुन् । 
    प्रधानमन्त्री ओलीले शनिबार बिराटनगरको कार्यक्रममा अदालतलाई धम्क्याउँदै दिएको अभिव्यक्ति प्रति कडा असन्तुष्टि पोख्दै नेता पौडेलले कुर्सी छाडेर आन्दोलनमा आउन प्रधानमन्त्री ओलीलाई आह्वान गरे । 
    वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीले चालेको कदम पूर्णत असंबैधानिक रहेको भन्दै यसबारे नेपाली काँग्रेसप्रति कुनै पनि भ्रम र अस्पष्टता नराख्न आग्रह समेत गरे । 
    प्रतिनिधिसभा विघटन गरेर चालिएको कदम सच्याउन त्यसको पुर्नस्थापना नै जरुरी रहेको भन्दै उनले सर्वोच्च अदालतमा विचाराधिन रहेको यस विषयमा अदालतले पनि संविधान कै आधार टेकेर निर्णय दिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । 
    प्रधानमन्त्रीका कदम बिरुद्ध काँग्रेसले देशैभरिका सम्पूर्ण स्थानिय तहका वडा वडामा पुगेर विरोध प्रदर्शन गरिरहेको बताउँदै उनले काँग्रेस आन्दोलनबाट पछि नहट्ने दाबी समेत गरे ।    
    मधेश सम्मान यात्राका क्रममा आफू मधेशका जिल्लाको भ्रमणमा निस्केको जानकारी दिँदै उनले सप्तरीले २००७ सालदेखी नै प्रजातन्त्रका लागि ठूलो योगदान पुर्‍याएको स्मरणसमेत दोहोर्‍याए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किर्तिमानी खेलाडी महबुब आलम  र उदयमान खेलाडी आदिल पक्राउ
किर्तिमानी खेलाडी महबुब आलम  र उदयमान खेलाडी आदिल पक्राउ
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
प्रदेश लोक सेवा आयोगको निश्पक्षता कसरी ?
कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान
कांग्रेस शम्भुनाथद्वारा शुभकामना आदान प्रदान
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?