दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
यु १९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ क्रिकेट टिमको छनोट गरिएको छ । जसमा सप्तरीका ५ खेलाडी पर्न सफल भएका छन् ।
काठमाडांैमा मंसिर ७ गते सुरु भएको यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी लागि प्रदेश २ क्रिकेट टोलीको छनोट गरिएको प्रदेश २ का सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
रौतहटमा सम्पन्न प्रदेशस्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट सप्तरीका बिवेक यादबको कप्तानीमा १४ जना खेलाडीको चयन गरिएको उनले बताए । जसमा सप्तरीका बिवेक यादब (कप्तान) सहित आशिष झा, रोहन बिक, अमित यादब र अजय यादब रहेका छन् ।
यसैगरी टोलीका अन्य सदस्यहरूमा गुलसन झा (उपकप्तान), संतोष कार्की, तिर्थराज दास, शनि साह, आदिल अंसारी, राजेश यादब, समसाद मन्सुरी, प्रदिप पासवान, पुराज ढुंगेल पर्न सफल भएका छन् ।
यस्तै बैकल्पिक खेलाडीहरूमा अलफाज मन्सुरी, सुमन गतराज, अरूण मण्डल, आसचल चौधरी रहेका छन् ।
त्यस्तै टिमको प्रशिक्षकमा अनिल शर्मा र ब्यबस्थापकमा बिरेन्द्र यादबलाई जिम्मेवारी दिएको प्रदेश क्रिकेट संघका प्रदेश २ का सचिव श्रेष्ठले जानकारी दिए । आठ वर्षपछि यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैछ ।
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
सारांश
- काठमाडांैमा मंसिर ७ गते सुरु भएको यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी लागि प्रदेश २ क्रिकेट टोलीको छनोट गरिएको प्रदेश २ का सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
- रौतहटमा सम्पन्न प्रदेशस्तरिय क्रिकेट छनोट प्रतियोगिताबाट सप्तरीका बिवेक यादबको कप्तानीमा १४ जना खेलाडीको चयन गरिएको उनले बताए ।
- जसमा सप्तरीका बिवेक यादब (कप्तान) सहित आशिष झा, रोहन बिक, अमित यादब र अजय यादब रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया