दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र राजविराजले आइतबार सदरमुकाम राजविराजका १५ वटा आयूर्वेद पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका आयूर्वेद, होमियोप्याथिक लगायतका केही औषधीहरु बरामद गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिएका छन् ।
अनुगमन गरिएका पसलहरुको दर्ता तथा सम्पूर्ण आवश्यक कागजातहरु दुरुस्त भेटिएको र म्याद गुज्रिएका औषधी राख्ने पसल संचालकहरुलाई एक पटकका लागि सचेत गराएको प्रमुख डा. यादवले बताए ।
सो अनुगमन टोलीमा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखसहित कर्मचारी र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
सारांश
- अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रेका आयूर्वेद, होमियोप्याथिक लगायतका केही औषधीहरु बरामद गरिएको स्वास्थ्य केन्द्रका प्रमुख डा.
- शिवशंकर यादवले जानकारी दिएका छन् ।
- अनुगमन गरिएका पसलहरुको दर्ता तथा सम्पूर्ण आवश्यक कागजातहरु दुरुस्त भेटिएको र म्याद गुज्रिएका औषधी राख्ने पसल संचालकहरुलाई एक पटकका लागि सचेत गराएको प्रमुख डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया