भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
६६ पटक हेरिएको
Shares
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 

सारांश

  •     मंगलवार आयोगको विज्ञ सदस्यमा नियुक्त भएका पञ्च देव चौधरी र महिला सदस्यमा नियुक्त भएकी नानु चौधरीलाई पद तथा गोपनियताको शपथ गराउदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन ।
  •       सोही कार्यक्रममा अध्यक्ष झाले राजविराज नगरक्षेत्रको विटौरी, ब्लक जग्गामा पुर्खाैदेखी वसोवास गर्दै आएका नागरिकलाई लालपुर्जा तथा जिल्लाका भुमिहिनको पहिचान गरि आफ्नै कार्यकालमा जग्गा उपलब्ध गराउने बताए ।
  •       राजविराज नगरक्षेत्रमा पुस्तो देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा पाउन नसक्दा समस्यामा छन् ।

दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।  

    भुमि समस्या समाधान आयोग सप्तरीका अध्यक्ष अखिलेश कुमार झाले जिल्लाका भूमिहीनको समस्या आफ्नै कार्यकालमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।  
    मंगलवार आयोगको विज्ञ सदस्यमा नियुक्त भएका पञ्च देव चौधरी र महिला सदस्यमा नियुक्त भएकी नानु चौधरीलाई पद तथा गोपनियताको शपथ गराउदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन । 
    सोही कार्यक्रममा अध्यक्ष झाले राजविराज नगरक्षेत्रको विटौरी, ब्लक जग्गामा पुर्खाैदेखी वसोवास गर्दै आएका नागरिकलाई लालपुर्जा तथा जिल्लाका भुमिहिनको पहिचान गरि आफ्नै कार्यकालमा जग्गा उपलब्ध गराउने बताए । 
    राजविराज नगरक्षेत्रमा पुस्तो देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा पाउन नसक्दा समस्यामा छन् । 
    यता नगरवासी विटौरी र ब्लक जग्गाको लालपुर्जासहित नगरका अन्य समस्या समाधानको माग गर्दै संर्घष समिति नै गठन गरी यही फागुन १५ गतेदेखी बिरोध प्रर्दशन, बजार बन्द, नगरपालिका, नापी, मालपोत लगायतका कार्यालयमा तालाबन्दी, रिले अनसन लगायतका चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरिसकेका छन् ।  
    संघर्ष समितिका अध्यक्ष इरसाद अंसारीले विटौरी र ब्लक जग्गाको वर्षाै देखी कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा, नक्शापास उपलब्ध नगराउँदा बैङ्क तथा वित्तिय संस्थाले त्यस्तो जग्गा स्वीकार गर्न नमानेको भन्दै यसले गर्दा यहाँको व्यापार व्यवसाय चौपट हुनुका साथै शिक्ष, उपचार लगायतका कार्य गर्न पनि नगरवासीलाई समस्या भएको बताए । 
    नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझीले हजारौ परिवारको पीडा संग जोडिएको नगरको विटौरी र ब्लक जग्गाको समस्या समय मै समाधान गर्न आयोगका नवनियुक्त पदाधीकारीहरुले गम्भिरता देखाउनु पर्ने भन्दै सफल कार्यकालको शुभकामना दिए । 
    कार्यक्रममा आयोगका सदस्य सचिव समेत रहेका नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्र, डिभिजन बन कार्यालयका अधिकृत शशिन्द यादव लगायतले पनि विटौरी र ब्लक जग्गाको समस्या समाधान बारे आ–आफ्नो सुझाव सहित नवनियुक्त पदाधीकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
नेपाल सहकारीद्वारा मास्क बितरण
नेपाल सहकारीद्वारा मास्क बितरण
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको  महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी
पठन संस्कृति पुस्तक र पत्रपत्रिकाबाट इन्टरनेटमा सरेको छ ः अध्यक्ष चौधरी