राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 

राजविराज राजविराज
|
मंगलबार, चैत्र ५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 

सारांश

  •     नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सप्तरी द्धारा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराको साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो ।
  •       तिलाठी कोईलाडी गाउपालीकाको श्री पब्लिक माध्यमिक विद्यालय लौनिया तिलाठीको बैठक कक्षमा आयोजित कार्यक्रमको प्रमुख आतिथि नेपाली कांग्रेसका महासमिति सदस्य डा.
  • अनिल कुमार झा रहेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
    जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका स्तरीय राष्ट्रिय अखण्डताको पक्षमा सप्तरीबाट जागरण अभियान सुरु भएको छ ।
    नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सप्तरी द्धारा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराको साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो । 
    तिलाठी कोईलाडी गाउपालीकाको श्री पब्लिक माध्यमिक विद्यालय लौनिया तिलाठीको बैठक कक्षमा आयोजित कार्यक्रमको प्रमुख आतिथि नेपाली कांग्रेसका महासमिति सदस्य डा. अनिल कुमार झा रहेका थिए । 
    सो कार्यक्रममा नेता झाले विखण्डनकारी सिके राउतलाई समाजबाट बहिष्कार गर्नु पर्ने भन्दै मधेसका जनता पूर्ण रूपमा राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसता र अखण्डताको रक्षा गर्ने सदैव प्रतिबद्ध रहेको बताए । 
    ने.वि.संघ सप्तरीका जिल्ला अध्यक्ष पार्थो सरकारको अध्यक्षता सप्पन्न कार्यक्रमको विशिष्ट अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का नेता समिर झा, नेपाली काँग्रेस गाउँ सभापति रत्नेश्वर झा, तरुण दलका नेता सिता प्रसाद यादव, नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय संगठन विभाग सदस्य शिव नारायण यादव, प्रकाश चन्द्र झा, ने.वि.संघ म.वि.व. क्याम्पस राजविराजका नेता राकेश कुमार ठाकुर, महेश यादव, प्रहलाद सिंह, लक्ष्मण राम, अफोज खानले मन्तव्य दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा ख मा त्रिपक्षिय प्रतिस्पर्धा
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा 
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
बालुवा मुनी गाडिएको गाजा बरामद 
बालुवा मुनी गाडिएको गाजा बरामद 
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
प्रदेश २ मा ४ दशमलब ४७ ले  आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….