दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
नेकपा (एकीकृत समाजवादी) ले मधेस सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको छ । समर्थन फिर्ता लिएपछि वर्तमान जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेको पूर्वसन्ध्यामा नेकपा एसले समर्थन फिर्ता लिएको हो ।
नेकपा एस मधेश प्रदेशका संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका गोविन्द न्यौपानेले मंगलबार सरकारबाट समर्थन फिर्ता लिएको बताए । उनीसँगै सरकारमा श्रम तथा यातायात मन्त्री बेची लुंगेली सहभागि थिए ।
यसअघि मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन् । नेकपा एस सरकारमा सहभागि रहेकोले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनमा ढिलाई भएको थियो ।
माओवादी केन्द्र, नेकपा एमाले र जनमतसहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ ।
एक सय ७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ ।
नेकपा (एमाले)का सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन । यसका साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक सांसदले समेत जनमत नेतृत्वको सरकारलाई समर्थन गर्ने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।
उनका अनुसार नयाँ सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने सहमती भएको छ । यद्यपि जनमतबाट कति समय मुख्यमन्त्री बन्ने भन्नेचाहिँ उनले खुलाएनन् ।
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी
सारांश
- मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेको पूर्वसन्ध्यामा नेकपा एसले समर्थन फिर्ता लिएको हो ।
- नेकपा एस मधेश प्रदेशका संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका गोविन्द न्यौपानेले मंगलबार सरकारबाट समर्थन फिर्ता लिएको बताए ।
- उनीसँगै सरकारमा श्रम तथा यातायात मन्त्री बेची लुंगेली सहभागि थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया