क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 

राजविराज राजविराज
|
आइतबार, आश्विन ३०, २०७९
|
|
४२ पटक हेरिएको
Shares
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 

सारांश

  •     सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिनेश कुमार यादव साझा उम्मेदवार हुन् ।
  • २०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका चन्द्रकान्त चौधरी निर्वाचित भएका थिए ।
  • चौधरी भने यस पल्ट चुनावी मैदानमा छैनन् ।

दैनिक समाचारदाता
राजविराज, ३० असोज । 

    सप्तरीको क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिष्पर्धाको सम्भावना रहेको छ । दुई नगरपालिका र तीन गाउँपालिका रहेको यस क्षेत्रमा जसपा–एमाले गठबन्धनका उम्मेदवार ताराकान्त चौधरी र सत्तारुढ गठबन्धनका उम्मेदवार दिनेशकुमार यादवबीच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।  
    सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिनेश कुमार यादव साझा उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका चन्द्रकान्त चौधरी निर्वाचित भएका थिए । चौधरी भने यस पल्ट चुनावी मैदानमा छैनन् । 
    यता विपक्षी गठबन्धन जसपा–एमालेबाट एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् । उनी यस क्षेत्रबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । यस क्षेत्रबाट जनमत पार्टीले पूर्वमन्त्रि समेत रहेका नेता अनिस अंसारीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । 
    सत्तारुढ गठबन्धनका साझा उम्मेदवार दिनेश कुमार यादव रहदा पनि गठबन्धन भित्रकै सहयात्री दल लोसपाका लक्ष्मीकान्त मण्डलले पनि उम्मेदवारी दिदाँ यादवलाई केही चुनौती थपिएको आकलन गरिएको छ । यद्धपी गठबन्धनको सहमती विपरित मंडलले उम्मेदवारी दिएका कारण लोसपा अध्यक्ष महन्थ ठाकुरले एक प्रेस विज्ञप्ती नै जारी गरी उनी लोसपाका आधिकारीक उम्मेदवार नरहेको र आफुहरुको गठबन्धनका उम्मेदवारप्रति पूर्णसर्मथन रहेको स्पस्ट पारिसकेका छन् । 
    यसै क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगाराम ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद कुमार साह, राप्रपा नेपालका शिवेश्वर यादव, नेमकिपाका मकवुल मियाँ, नेपाली जनता दलका राम बाबु रजक, नेपाल संघिय समाजवादी पार्टीका सिताराम खंग, नेकपाका अचमित लाल  चौधरी र हाम्रो नेपाल पार्टीका नविन कुमार मण्डल पनि चुनावी मैदानमा छन । यस्तै स्वतन्त्रबाट सीताराम मण्डल, रामचन्द्र साह, सुरेन्द्र यादव, महेन्द्र साह, दिपेन्द्र कुमार साह र श्रीकान्त राउत समेत गरी १८ जना चुनावी प्रतिस्पर्धामा भिड्दै छन । 
    तर, मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका उम्मेदवार दिनेश कुमार यादव र विपक्षी जसपा–एमाले गठबन्धनका ताराकान्त चौधरीबीच नै हुने स्थानीय मतदाताहरुले अनुमान गरेका छन् । 
    अघिल्लो निर्वाचनमा जित हासिल पारेका लोसपाका चन्द्रकान्त चौधरीको निकटत्तम प्रतिद्वन्दी रहेका काँग्रेसका यादव यस पल्ट लोसपा सहितको गठबन्धनका साझा उम्मेदवार रहेकाले यस पल्ट जित निकाल्ने एकथरीले अनुमान ब्यक्त गरिरहेका छन भने अर्को थरिले जसपा–एमाले गठबन्धनका उम्मेदवार चौधरी पनि बलियो उम्मेदवार रहेको बताउँदै आएका छन् ।
    यस क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र राजगढ गाउँपालिका गरी ५ पालिका पर्दछ । हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा एमालेले २, तथा जसपा, लोसपा र एकिकृत समाजावादी पार्टीले १÷१ प्रमुख पदमा जित हात पारेको छ । 
    यस क्षेत्रमा ५४ हजार ८ सय ३६ पुरुष, ५० हजार ५० महिला र अन्य ६ हजार गरि कुल १ लाख ४ हजार ८ सय ९२ मतदाता छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
यात्रुबाहक वस पल्टिदा एकको  मृत्यु, २२ जना घाईते
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
साझाको बृहत पुस्तक प्रदर्शनी सुरु
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
पोखरीमा डुबेर पुन: एक बालिकाको मृत्यु
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
जलवायु परिवर्तनले हुने हानी नोक्सानी न्युनिकरणको प्रयास
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता  बिना प्रदेश समृद्व हुनसक्दैन ः मन्त्री साह  
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे