प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 

राजविराज राजविराज
|
सोमबार, चैत्र २०, २०७९
|
|
६२ पटक हेरिएको
Shares
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 

सारांश

  •     अस्पतालमा आउने बिरामीहरुले पाउने निशुल्क औषधी र समयमा ल्याव रिपोर्ट नपाएको बताउँदै अस्पतालमा सेवा लिन आएका स्वास्थ बिमा गरेका बिरामीहरूले अस्पतालबाट निशुल्क औषधी नपाएको र बिरामीलाई स्लाईनका लागि पानी मात्र दिने बाहेक अन्य कुनै औषधी उपलब्ध नभएको गुनासो पनि गरे ।
  •      अस्पताल भित्र रहेका बेडहरूमा वेड सिट नभएको र भएकोमा पनि वेड सिट पनि नियमित नफेरेको तथा सरसफाई पनि गरेको नपाइएको बिरामीहरुलाई उद्धृत गर्दै प्रदेशसभा सदस्य सिंहले संचारकर्मीलाई बताए ।
  •       त्यस्तै ल्याबका कर्मचारीहरूको लापरवाही, ब्यवहारका कारण बिरामीहरूले समयमा ल्यावको रिपार्ट नपाउदाँ बिरामीहरूले सास्ती भाग्नुपरेको निरिक्षण क्रममा बिरामीहरूले गुनासो गरेको उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, २० चैत । 

    प्रदेशसभा सदस्य सतिश कुमार सिंहले सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक निरिक्षण गरेका छन् । सो क्रममा उनलाई बिरामीहरुले अस्पतालबाट छिटोछरितो सेवा नपाएको गुनासो गरे ।
    अस्पतालमा आउने बिरामीहरुले पाउने निशुल्क औषधी र समयमा ल्याव रिपोर्ट नपाएको बताउँदै अस्पतालमा सेवा लिन आएका स्वास्थ बिमा गरेका बिरामीहरूले अस्पतालबाट निशुल्क औषधी नपाएको र बिरामीलाई स्लाईनका लागि पानी मात्र दिने बाहेक अन्य कुनै औषधी उपलब्ध नभएको गुनासो पनि गरे ।     अस्पताल भित्र रहेका बेडहरूमा वेड सिट नभएको र भएकोमा पनि वेड सिट पनि नियमित नफेरेको तथा सरसफाई पनि गरेको नपाइएको बिरामीहरुलाई उद्धृत गर्दै प्रदेशसभा सदस्य सिंहले संचारकर्मीलाई बताए । 
    त्यस्तै ल्याबका कर्मचारीहरूको लापरवाही, ब्यवहारका कारण बिरामीहरूले समयमा ल्यावको रिपार्ट नपाउदाँ बिरामीहरूले सास्ती भाग्नुपरेको निरिक्षण क्रममा बिरामीहरूले गुनासो गरेको उनको भनाई थियो । 
    रेडियोलोजिस्ट नहुदाँ अस्पतालमा सिटिस्क्यान, भिडियो एक्सरे केही दिनदेखि बन्द हुदाँ सेवा लिन बिरामीहरू समस्यामा परेको भन्दै त्यस्ता अत्यावश्यक उपकरणहरु संचालनमा ल्याउन अस्पताल प्रशासनले पहल गर्नु पर्ने बताए ।  
    उनले अस्पताल निरिक्षणको क्रममा देखिएका समस्याको बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहलाई जानकारी गराएका थिए । डा. साहले अस्पताल प्रशासनले बिरामीहरूलाई छिटोछरितो र सहज सेवा दिन प्रतिबद्ध रहेको र रेडियोलोजिष्टको लागि बिभागवाट माँग गरेको जानकारी दिए । 
    सो अवसरमा प्रदेशसभा संगै जनमत पार्टी नेता, अस्पतालका कर्मचारी, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियोे ।
    अस्पतालको निरिक्षण गर्दै प्रदेश सभा सदस्य सिंहले अस्पताललाई स्तरोन्नती र सहयोगका लागि आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
युवकको कुटेरै हत्या भएको घटनामा बाबु छोरीलाई  तीन÷तीन वर्ष कैद, ६ जनाले पाए सफाइ
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार टोली
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
राजविराज नगरपालिका कार्यालयको  योजना शाखाबाट ल्यापटप र  आवश्यक कागजात चोरी
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
लागुऔषधसहित युवक पक्राउ
लागुऔषधसहित युवक पक्राउ
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह 
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह