वीरगंज÷गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट बाराको फेटा गाउँपालिका वडा नम्बर ३ र ६ को पुरैनिया, फुलवरीया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत वितरण गरेको छ ।
पुरैनिया, भरवलीया टोलमै पुगेर प्रभावित तीन सय परिवारलाई कुर्ता, सलवार, शौल लगायतका कपडाहरु वितरण गरेको छ ।
हावाहुरीबाट प्रभावित मोबारक अंसारी, मोजामिल मियाँ, इजहार मियाँ, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको हो ।
फेटा गाउँपालिकाको वडा नं ६ का अध्यक्ष जाकिर हुसेन मियाँको विशेष उपस्थितिमा गरिएको कपडा वितरण कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहम्दिया युवा संघका अध्यक्ष समिन अहमद, अहम्दिया संघ वीरगंजका सदस्य हैदर अलि, युवा संघका इजरायल अहमद लगायत अहमदिया संघका सदस्यहरूको सहभागीता रहेको थियो ।
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
सारांश
- फेटा गाउँपालिकाको वडा नं ६ का अध्यक्ष जाकिर हुसेन मियाँको विशेष उपस्थितिमा गरिएको कपडा वितरण कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहम्दिया युवा संघका अध्यक्ष समिन अहमद, अहम्दिया संघ वीरगंजका सदस्य हैदर अलि, युवा संघका इजरायल अहमद लगायत अहमदिया संघका सदस्यहरूको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया