दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सोमबार ७५ शैय्याको आधुनिक कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गरिएको छ ।
प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संघीय सरकारको शहरी बिकास मन्त्रालयको एकीकृत स्वास्थ्य बिकास कार्यक्रम अन्तर्गत २३ करोड ७५ लाख ८७ हजारको लागतमा निर्माण हुने उक्त कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै मन्त्री साहले नेपाल सरकारको खरिद ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउँदै सरकारको खरिद ऐनका कारण देशभरी निर्माण कार्यहरू अलपत्र परेको बताए ।
उनले संघीय सरकारले ऐन परिमार्जन गर्न नसकेर समस्या उत्पन्न भएको हुँदा प्रदेश सरकारले आफै खरिद ऐन ल्याउन लागेको उल्लेख गरे ।
प्रदेश सरकारले दलितका लागि स्वास्थ्य बिमा तथा प्रत्येक पालिकामा स्वास्थ्य क्लिनिक जस्ता योजना प्रदेश सरकारले ल्याउन लागेको उल्लेख गर्दै उनले अब प्रदेश २ का जनताले स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने कार्ययोजना बनाएको जानकारी दिए ।
कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, अस्पतालका मेसु डा. रन्जित झालगायतका स्थानीय जनप्रतिनिधि, कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियोे ।
अस्पताल परिसर भित्र निर्माण हुन लागेको उक्त भवन निर्माणका लागि साह प्रेरा जेभीले झण्डै ६५ प्रतिशत बिलोमा १५ करोड २६ लाख ९३ हजारमा टेन्डर कबोल गरेको छ भने उक्त भवन २१ महिना २०८० साल असार २३ गते भित्र कार्य सम्पन्न गर्ने सम्झौता गरेको जनाइएको छ ।
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
सारांश
- प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संघीय सरकारको शहरी बिकास मन्त्रालयको एकीकृत स्वास्थ्य बिकास कार्यक्रम अन्तर्गत २३ करोड ७५ लाख ८७ हजारको लागतमा निर्माण हुने उक्त कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गरेका हुन् ।
- भवन शिलान्यास गर्दै मन्त्री साहले नेपाल सरकारको खरिद ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउँदै सरकारको खरिद ऐनका कारण देशभरी निर्माण कार्यहरू अलपत्र परेको बताए ।
- उनले संघीय सरकारले ऐन परिमार्जन गर्न नसकेर समस्या उत्पन्न भएको हुँदा प्रदेश सरकारले आफै खरिद ऐन ल्याउन लागेको उल्लेख गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया