दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
विभिन्न जलाशयमा डुबेर मृत्यु हुने घटनामा सप्तरीमा बृद्वि भई रहेको बेला शुक्रवार थप एक जना बालकको डुबेर ज्यान गएको छ ।
पछिल्लो पटक जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. ५ का कटि निवासी मो. आजादका ३ वर्षिय छोरा रहमद आलिको डुबेर मृत्यु भएको हो । आफ्नै घरको पछाडी रहेको पोखरीको डिलमा खेल्ने क्रममा डिलबाट लड्दा उनी पोखरीमा डुबेका थिए । आफन्तले अलिलाई डुबेको देखेपछि पोखरीबाट बाहिर निकालि उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्याएपछि चिकित्सकले चेक जाच गर्ने क्रममा मृत घोषित गरेका थिए ।
तीन दिन अघि मात्र मंगलवार पनि एकै दिन खडक नगरपालिका ८ कि ३ बर्षिय एलिजा कुमारी चौधरी, तिलाठी कोईलाडी गाउपालिका २ कि १२ बर्षिय सवाना खातुन र महदेवा गाउपालिका ४ कि ३० बर्षिय लक्ष्ण कुमारी सदाको पोखरी र नहरमा डुबेर ज्यान गएको थियो । त्यसको भोलिपल्टै बुधबार महदेवा गाउँपालिका २ की ५ वर्षिया शिवानी मण्डलको पनि नुहाउने क्रममा पोखरीमा डुबेर ज्यान गएको थियो ।
जिल्लामा आर्थिक बर्ष ०७६/७७ मा १५ वालबालिका सहित २७ र ०७७/७८ मा १५ बालबालिका सहित २४ जनाको पानीमा डुबेर ज्यान गएकोमा चालू आब ०७८/७९ को दुई महिना ८ दिन मै ११ बालवालिका सहित १९ जनाको ज्यान गईसकेको प्रहरी तथ्यांक ले देखाएको छ ।
खाल्डा, नदि, नहर र पोखरीले विशेष गरि बालवालिकालाई बढी जोखिममा पारेको तथ्यांकले देखाएको छ । सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार पानीमा डुबेर मृत्यु हुने अधिकांश घटना ग्रामिण क्षेत्रमा घटने गरेको पाईएको छ ।
उनले वर्षा तथा अन्य बेला पनि बालवालिकालाई जथाभाबी बाहिर खेल्न जान दिने तर निगरानी गर्न नसक्दाँ यस्ता दुखद घटनामा बढोतरी भएको बताए ।
प्रहरीले यस बारे निरन्तर विभिन्न माध्यमले सचेत गराउदाँ पनि यस्ता घटनामा बढोतरी हुनु चिन्ताको विषय भएको बताए ।
दुई महिनाको अवधीमा ११ बालबालिकासहित १९ को डुबेर मृत्यु
सारांश
- पछिल्लो पटक जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं.
- ५ का कटि निवासी मो.
- आजादका ३ वर्षिय छोरा रहमद आलिको डुबेर मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया