कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 

राजविराज राजविराज
|
बिहिबार, मंसिर ११, २०७७
|
|
१२० पटक हेरिएको
Shares
कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य  परियोजनाको संयुक्त अनुगमन 

सारांश

  •     परियोजना अन्तरगत संस्थाले दोश्रो चरणको कार्यक्रम अनुसार दुबै जिल्लाका आइसोलेशन कक्ष, क्वारेन्टाइन केन्द्र, स्वास्थ्य चौकी र पालिकाहरुमा खानेपानी तथा सरसफाई श्रोत निर्माण तथा मर्मत सम्भारका कार्यहरु सम्पन्न गरेको जनाएको छ ।
  •       दोश्रो चरणको कार्यक्रम अन्तरगत सम्पन्न ती कार्यहरुको सरोकारवाला निकायहरुको सहभागितामा संयुक्त अनुगमन समेत गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
  •       सप्तरीको रुपनी गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 
    कोरोना माहामारीको त्रासका बीच सप्तरी सामुदायिक विकास केन्द्र नेपाल सप्तरीले कोभिड १९ को पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तरगत सप्तरी र सिरहाको विभिन्न पालिका तथा विद्यालयहरुमा खानेपानी तथा सरसफाईका कार्यक्रमहरु सम्पन्न गरेको छ । 
    परियोजना अन्तरगत संस्थाले दोश्रो चरणको कार्यक्रम अनुसार दुबै जिल्लाका आइसोलेशन कक्ष, क्वारेन्टाइन केन्द्र, स्वास्थ्य चौकी र पालिकाहरुमा खानेपानी तथा सरसफाई श्रोत निर्माण तथा मर्मत सम्भारका कार्यहरु सम्पन्न गरेको जनाएको छ । 
    दोश्रो चरणको कार्यक्रम अन्तरगत सम्पन्न ती कार्यहरुको सरोकारवाला निकायहरुको सहभागितामा संयुक्त अनुगमन समेत गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् । 
    सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित लु.ल.सु जनता मावि तरहौता, बोदेबरसाइन नगरपालिका वडा नं. ५ स्थित चन्द्रा नमूना मावि तथा सिरहाको धनगढीमाई नगरपालिका अन्तरगत रहेको महेन्द्र गेनाई आइसोलेशन अस्पताल, नरहा गाउँपालिकास्थित जनता बनवाली मावि र सिरहा कारागारमा सम्पन्न ती कार्यहरुको अनुगमन गरिएको हो ।
    सो अनुगमनमा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख एवं जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक प्रभाकर यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलगायत अन्य जिल्लाका सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    त्यस्तै सिरहामा गरिएको अनुगमनका क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कडेल, समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुर, नरहा गाउँपालिकाका उपप्रमुख गुलाबदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
    संयुक्त अनुगमनका क्रममा सिरहा र सप्तरी कारागारमा रहेका कैदीबन्दीहरुका लागि स्वच्छता सामाग्रि समेत बितरण गरिएकोमा दुबै जिल्लाका प्रजिअहरुले माहामारीको समयमा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेकोप्रति प्रशंसा व्यक्त गर्दै धन्यवाद समेत दिए । 
    “चर्पी हाम्रो प्राकृतिक आवश्यकता” भन्ने मूल नाराका साथ १८ औं विश्व चर्पी दिवस समेत अनुगमनकै क्रममा मनाइएको संस्थाका टिम लिडर देवविलास यादवले जानकारी दिए । यसअघि नेपाल खुल्ला दिसामुक्त घोषणा भइसकेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
“बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरगत साइकल खरीद प्रकरणमा १० करोड भन्दा बढी भ्रष्टाचार
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
कृष्णाष्टमीमा भक्तजनको चहलपहल
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 
अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् ः काँग्रेस प्रवतmा महत 
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर