सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह

राजविराज राजविराज
|
आइतबार, पौष २०, २०८२
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • साधारण सभाका प्रमुख अतिथि राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख ईसरत परविनले सहकारीप्रति नकरात्मक प्रभाव पर्दै गएकोले सहकारीहरूको आर्थिक कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह गरिन ।
  • उनले साधारणसभा गर्ने, आर्थिक कारोवार पारदर्शी गर्ने तथा दैनिक बचत, लगानी नियमित रुपले गर्ने सहकारी केही मात्रामा रहेकाले ती सहकारीहरुले मात्र अहिले जिल्लाको साख जोगाएकोमा प्रसंशा व्यक्त गरिन ।
  • सोही सभामा जिल्ला बचत तथा श्रृण सहकारी संघका ध्यक्ष भवानी चौधरीले सहकारी संस्थाहरूको आर्थिक कारोवारको पारदर्शिता, ईमान्दारिता नभएकै कारण सहकारी माथि गरिने बिश्वास घटेको बताउँदै सहकारी संचालन गर्ने समिति, संस्थाका ब्यबस्थापक, कर्मचारीहरूले ईमान्दारितापूर्वक काम नगरेकाले सहकारी प्रति नकरात्मक प्रभाव परेको टिप्पणी गरे ।

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 

प्रभु बचत तथा श्रृण सहकारी संस्था लिमिटेड राजबिराज ४ को शनिवार १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख ईसरत परविनले सहकारीप्रति नकरात्मक प्रभाव पर्दै गएकोले सहकारीहरूको आर्थिक कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह गरिन । उनले साधारणसभा गर्ने, आर्थिक कारोवार पारदर्शी गर्ने तथा दैनिक बचत, लगानी नियमित रुपले गर्ने सहकारी केही मात्रामा रहेकाले ती सहकारीहरुले मात्र अहिले जिल्लाको साख जोगाएकोमा प्रसंशा व्यक्त गरिन ।
सोही सभामा जिल्ला बचत तथा श्रृण सहकारी संघका ध्यक्ष भवानी चौधरीले सहकारी संस्थाहरूको आर्थिक कारोवारको पारदर्शिता, ईमान्दारिता नभएकै कारण सहकारी माथि गरिने बिश्वास घटेको बताउँदै सहकारी संचालन गर्ने समिति, संस्थाका ब्यबस्थापक, कर्मचारीहरूले ईमान्दारितापूर्वक काम नगरेकाले सहकारी प्रति नकरात्मक प्रभाव परेको टिप्पणी गरे ।
साधारण सभामा शुभकामना मन्तव्य दिदै नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ताले सहकारीहरूको वारेमा नकारात्मक प्रचार फैलिरहेको अबस्थामा सहकारी संस्थाहरूको निगरानी गर्ने कुनै निकाय नभएकाले स्थानीय तहहरुले सहकारी डेस्क खडा गरी सहकारीको नियमित अनुगमन तथा निरिक्षण गर्नुपर्नेमा जोेड दिए ।
संस्थाका अध्यक्ष सरफराज अन्सारीको अध्यक्षतामा आयोजित साधारण सभामा राजबिराज नगरपालिका ४ का वडा सदस्य सुभाष साह, संस्थाका सदस्य लक्ष्मण यादबलगायतले शुभकामना मन्तव्य दिएका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य कल्पना मिश्राले गरेकी थिइन भने संस्थाका सल्लाहाकार सबिर आजमले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले आव २०८१÷०८२ मा कुल १९ करोड ५९ लाख ५७ हजार २ सयको कारोबार गरेको अध्यक्ष सरफराज अंसारीले जानकारी दिए । संस्थाको अहिले ४ हजार शेयर रहेका छन् भने संस्थाले १० करोड ८० लाख २ हजार ६ सय २ रूपैयाको लागनी गरेको जनाएको छ । संस्थाको शेयर पुजी ७९ लाख ५५ हजार ८ सय रहेको संस्थाको ब्यबस्थापक राजकुमार साहले जानकारी दिए । संस्थाले गत आ.ब.मा २ लाख ७ हजार २ सय ९० रुँपैया नाफा कमाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिनापछी सकुशल भेटिए रोशनी
दुई महिनापछी सकुशल भेटिए रोशनी
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
भगवान रामको प्राण प्रतिष्ठा  कार्यक्रम उत्सवका साथ मनाइयो
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
अत्याधिक चिसोका कारण निधन भएका  सदा परिवारलाई क्रिया खर्च प्रदान
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी