दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
अगामी जेठ १५ गतेबाट मुख्य नायकको भुमिका गर्ने सप्तरीका पहिलो व्यक्ति मानिएका अशोक आर्यन यादवद्वारा अभिनित कुम्भ चलचित्र नेपालका सिनेमा घरमा एकसाथ प्रदर्शन हुने भएको छ ।
आईतवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी एरस प्रोडक्सन तथा रा डिजिटल नेपालले यस्तो जानकारी दिएको हो ।
चलचित्रका नायक सप्तरीको राजविराज नगरपालिका २ निवासी यादवले उक्त चलचित्रको अधिकांश छायाकंन नेपालको काठमाडौं, रौतहट, सर्लाही तथा भारतको कर्नाटक शहरमा जानकारी दिए ।
मुख्य अभिनेता अशोक आर्यन यादव रहेको उक्त चलचित्रमा नायिकाको रुपमा शृष्टि खडका छिन् । एक्सनमा आधारित उक्त चलचित्रमा सुनिल थापा, सुशिल पोख्रेल, रोहित रुम्वा तथा अन्य नेपाली कलाकारका साथै भारतीय कलाकार सुरेन्द्र ठाकुर पनि अभिनयमा देखिने छन् ।
नायक यादवले आफ्नै माटोको प्रतिभालाई प्रोत्साहन गर्न, सप्तरी र मिथिलाको नाम राष्ट्रिय स्तरमा चिनाउने, नयाँ नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने तथा ऐतिहासिक क्षणको हिस्सा बन्न पनि एकपल्ट कुम्भ चलचित्र हेर्न सबैसँग आग्रह गरेका छन् ।
३० वर्षिय अभिनेता यादव भारतको मुम्वई स्थित अन्नपूर्णा खेयर्स एक्टर प्रिपेयर्स नामक कला संस्थाबाट प्रशिक्षण लिएर चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
सारांश
- आईतवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी एरस प्रोडक्सन तथा रा डिजिटल नेपालले यस्तो जानकारी दिएको हो ।
- चलचित्रका नायक सप्तरीको राजविराज नगरपालिका २ निवासी यादवले उक्त चलचित्रको अधिकांश छायाकंन नेपालको काठमाडौं, रौतहट, सर्लाही तथा भारतको कर्नाटक शहरमा जानकारी दिए ।
- मुख्य अभिनेता अशोक आर्यन यादव रहेको उक्त चलचित्रमा नायिकाको रुपमा शृष्टि खडका छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया