दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
अगामी जेठ १५ गतेबाट मुख्य नायकको भुमिका गर्ने सप्तरीका पहिलो व्यक्ति मानिएका अशोक आर्यन यादवद्वारा अभिनित कुम्भ चलचित्र नेपालका सिनेमा घरमा एकसाथ प्रदर्शन हुने भएको छ ।
आईतवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी एरस प्रोडक्सन तथा रा डिजिटल नेपालले यस्तो जानकारी दिएको हो ।
चलचित्रका नायक सप्तरीको राजविराज नगरपालिका २ निवासी यादवले उक्त चलचित्रको अधिकांश छायाकंन नेपालको काठमाडौं, रौतहट, सर्लाही तथा भारतको कर्नाटक शहरमा जानकारी दिए ।
मुख्य अभिनेता अशोक आर्यन यादव रहेको उक्त चलचित्रमा नायिकाको रुपमा शृष्टि खडका छिन् । एक्सनमा आधारित उक्त चलचित्रमा सुनिल थापा, सुशिल पोख्रेल, रोहित रुम्वा तथा अन्य नेपाली कलाकारका साथै भारतीय कलाकार सुरेन्द्र ठाकुर पनि अभिनयमा देखिने छन् ।
नायक यादवले आफ्नै माटोको प्रतिभालाई प्रोत्साहन गर्न, सप्तरी र मिथिलाको नाम राष्ट्रिय स्तरमा चिनाउने, नयाँ नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने तथा ऐतिहासिक क्षणको हिस्सा बन्न पनि एकपल्ट कुम्भ चलचित्र हेर्न सबैसँग आग्रह गरेका छन् ।
३० वर्षिय अभिनेता यादव भारतको मुम्वई स्थित अन्नपूर्णा खेयर्स एक्टर प्रिपेयर्स नामक कला संस्थाबाट प्रशिक्षण लिएर चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
सारांश
- आईतवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी एरस प्रोडक्सन तथा रा डिजिटल नेपालले यस्तो जानकारी दिएको हो ।
- चलचित्रका नायक सप्तरीको राजविराज नगरपालिका २ निवासी यादवले उक्त चलचित्रको अधिकांश छायाकंन नेपालको काठमाडौं, रौतहट, सर्लाही तथा भारतको कर्नाटक शहरमा जानकारी दिए ।
- मुख्य अभिनेता अशोक आर्यन यादव रहेको उक्त चलचित्रमा नायिकाको रुपमा शृष्टि खडका छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया