मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ

राजविराज राजविराज
|
बिहिबार, बैशाख २०, २०८१
|
|
१६ पटक हेरिएको
Shares
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ

सारांश

  •     राजबिराज ४ छिन्नमस्ता अस्पताल अगाडीबाट लागु औषध नियन्त्रण व्यूरो मधेश प्रदेश तथा  जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरको हो ।
  •       पक्राउ पर्नेहरुमा जिल्लाको हनुमाननगर कंकालिनि १४ बस्ने ३५ वर्षका बिनोद कुमार यादव, तिलाठी कोईलाडी २ लौनिया बस्ने २६ वर्षका मो.
  • नसुरुदि मन्सुरी, १९ वर्षका कुन्दन कुमार मण्डल, २५ वर्षका मो.

दैनिक समाचारदाता
राजविराज, २० बैशाख । 

    सप्तरी प्रहरीले मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । 
    राजबिराज ४ छिन्नमस्ता अस्पताल अगाडीबाट लागु औषध नियन्त्रण व्यूरो मधेश प्रदेश तथा  जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरको हो । 
    पक्राउ पर्नेहरुमा जिल्लाको हनुमाननगर कंकालिनि १४ बस्ने ३५ वर्षका बिनोद कुमार यादव, तिलाठी कोईलाडी २ लौनिया बस्ने २६ वर्षका मो. नसुरुदि मन्सुरी, १९ वर्षका कुन्दन कुमार मण्डल, २५ वर्षका मो. सम्साद मन्सुरी र २२ वर्षका मिथलेश कुमार राम छन् ।
    उनीहरुका साथबाट प्रहरीले लागुऔषध डाइजेपाम ५०० एम्पुल, लिजेसिल ५०० एम्पुल र फेनारगन ५०० एम्पुल बरामद गर्नुका साथै स.२प. ८६८२, म.प्र.०६–००१प.०५०८ र प्र.२–०१–००३ प.४४१७ नं को तीन वटा मोटरसाइकल समेत नियन्त्रण लिएको छ । 
    सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान कार्य गरिरहेको प्रहरी प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 
बाढी नियन्त्रणका नाममा वर्षेणी करोडौं रुपैयाँ खर्च तर, सफलता शून्य 
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास
अदालत र नगरपालिका आदेश  विपरित सडकमै वर्षौदेखी पसल 
अदालत र नगरपालिका आदेश  विपरित सडकमै वर्षौदेखी पसल 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए 
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन
जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन