नागरिकता बनाउन आउनेको अत्याधिक भिड

राजविराज राजविराज
|
सोमबार, आश्विन १९, २०७७
|
|
३० पटक हेरिएको
Shares
नागरिकता बनाउन आउनेको अत्याधिक भिड

सारांश

  •     कोरोना महामारीको जोखिम कायमै रहेका बेला जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिनहुँ ५ देखी ६ सयसम्म सेवाग्राहीहरु नागरिकता बनाउन आउने गरेका छन् ।
  •       सेवाग्राहीको चाप बढेपछि प्रहरी खटाउँदा पनि सामाजिक दुरी कायम गराउन हम्मे हम्मे परेको छ ।
  • जिल्ला प्रशासन कार्यालयकै पाँच जना कर्मचारीलाई कोरोना संक्रमण भई एक जनाको मृत्यु समेत भएपछि कार्यालयले पालो लगाएर एक दिनमा दुई स्थानिय तहहरुमा सेवाग्राहीको काम संचालनको व्यवस्था मिलाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १९ असोज । 
    कोरोना महामारीकै बीचमा बन्दाबन्दी समाप्त भएको सरकारले निर्णय गरेपछि अहिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउनेहरुको अत्याधिक चाप बढेको छ । 
    कोरोना महामारीको जोखिम कायमै रहेका बेला जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिनहुँ ५ देखी ६ सयसम्म सेवाग्राहीहरु नागरिकता बनाउन आउने गरेका छन् । 
    सेवाग्राहीको चाप बढेपछि प्रहरी खटाउँदा पनि सामाजिक दुरी कायम गराउन हम्मे हम्मे परेको छ । जिल्ला प्रशासन कार्यालयकै पाँच जना कर्मचारीलाई कोरोना संक्रमण भई एक जनाको मृत्यु समेत भएपछि कार्यालयले पालो लगाएर एक दिनमा दुई स्थानिय तहहरुमा सेवाग्राहीको काम संचालनको व्यवस्था मिलाएको थियो ।
    सेवाग्राहीहरुको अत्याधिक चाप बढेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको छ भने भिडले गर्दा कतिपय सेवाग्राही काम नभ्याएर निरास भई फर्कदै गरेका छन् । सेवाग्राहीको भिडभाड जिल्ला प्रशासनमा मात्र होइन् मालपोत, नापी, विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संस्था लगायतका अन्य कार्यालयमा समेत बढेको छ । 
    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले दैनिक तीन सय सम्म नागरिकता बनाउन, एक सय सम्म प्रतिलिपी लिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् । यता नागरिकता लिन आउनेहरुले सनाखतका लागि समेत मानिस लिएर आउने हुँदा भिडभाड बढेको उनको कथन छ । 
    उनले कोरोनाको जोखिमप्रति प्रशासन सचेत र सजग रहेको भन्दै बिहानैदेखी लाइनमा बस्ने सेवाग्राहीलाई भौतिक दुरी कायम र मास्क÷सेनिटाइजरको प्रयोग गर्न निरन्तर आग्रह गरिरहनु परेको सुनाए । उनले यस्तो भिडभाड घटाउने विभिन्न उपायको खोजीमा लागेको र एक दुई दिनमै केही निकास निस्किने बताए । 
    यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना संक्रमणको वर्तमान अवस्थालाई दृष्टिगत गरी सेवाग्राही स्वयंको स्वास्थ्य सुरक्षा समेतका अभिप्रायले जिल्लास्थित पालिका, वडा कार्यालयहरुले आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गरी सेवाग्राहीलाई पठाउन अनुरोध समेत गरेको थियो ।
    सो कार्यालयले असोज ९ गते जारी गरेको सूचनामा आईतवार शम्भुनाथ, सुरुङ्गा र डाकनेश्वरी नगरपालिका, सोमवार रुपनी गाउँपालिका, खडक नगरपालिका र तिरहुत गाउँपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महदेवा गाउँपालिका, वुधवार तिलाठि कोईलाडि र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण र विष्णुपुर गाउँपालिकाको कार्य सम्पादन गरिने उल्लेख छ ।
    यता सप्तकोशी र कञ्चनरुप नगरपालिकाको इलाका प्रशासन कार्यालय कञ्चनपुर तथा वोदेवरसाईन नगरपालिका र वलान विहुल गाउँपालिकाको काम इलाका प्रशासन कार्यालय वोदेवरसाईनबाट नै भईरहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
अत्याधिक मुल्य बढ्दा उपभोक्ता हैरान, अनुगमन निकाय मौन
अत्याधिक मुल्य बढ्दा उपभोक्ता हैरान, अनुगमन निकाय मौन
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
ब्रहमाकुमारी राजयोग सेवा केन्द्रमा मिडिया कक्ष स्थापना
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
खाडोको बाढीमा वेपत्ता भएका मियाँको शव फेला
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
लायन्सद्वारा अस्पताललाई चार सय भिटिएम किट प्रदान
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन
पाराभेटेरिनरी लाईफस्टक एशोसिएशनको  अध्यक्षमा पाण्डे निर्विरोध चयन

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह