दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
नेपाली काग्रेस सप्तरीको अगामी फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागी संस्थापन पक्षबाट शत्रुघन यादवको सभापती पदमा नाम घोषणा गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको उपस्थितीमा मंगलवार एक कार्यक्रमबीच नाम घोषणा गरिएको हो ।
पार्टीको जिल्ला कार्य समितीको सचिव समेत रहेका यादवलाई विजयी गराउन केन्द्रिय सदस्य यादवले उक्त कार्यक्रम बीच आग्रह गरे । संस्थापन पक्षबाट निर्मला यादव, भगवती प्रसाद यादव र राम प्रसाद मण्डल पनि सभापती पदका लागी दाबेदारी गर्दै आएपनि साझा उम्मेदवारका रुपमा शत्रुघन यादवको नाम प्रस्तुत गरेको केन्द्रिय सदस्य यादवको भनाई थियो ।
पार्टी प्रवक्ता प्रभात कुमार ललनले शत्रुघन यादवको नेतृत्वमा पुरै प्यानल सहित उम्मेदारी दिईने र अन्य पदका उम्मेदवारको चयन गर्ने काम दुई दिन भित्रै सकिने जानकारी दिए ।
जिल्ला उपसभापती भुवन आर्चायको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसको क्षेत्र नं. १ का सभापती ललन प्रसाद गुप्ता, क्षेत्र नं.२ का सभापती महानन्द यादव, क्षेत्र नं ३ का सभापती भुपेन्द्र यादव मधेश प्रदेशका सहमहामन्त्री परशुराम चौधरी, प्रदेश सभा सदस्य मो.समिम, गिता यादव, संविधान सभा सदस्य डा.सुुबोध पोखरेल, सुरेन्द्र यादव लगायतले पनी बोल्दै पार्टी हितका लागी संस्थापन पक्षका उम्मेदवार यादव नेतृत्वको टिमलाई जिताउनु पर्नेमा जोड दिएका थिए ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा वडा, गाउँ, नगर, प्रदेश र केन्द्रका प्रतिनिधीका लागी भएको निर्वाचनमा अधिकाँश देउवा पक्षका निर्वाचित भएका छन् ।
यता संस्थापन इतर पक्षबाट पनि एक दुई दिन भित्रै उम्मेदवार घोषणा गरिने तयारी भईरहेको इतर पक्षका नेताहरुले बताएका छन् ।
काँग्रेसको संस्थापन पक्षबाट यादवको सभापतीमा उम्मेदवारी
सारांश
- पार्टीका केन्द्रीय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको उपस्थितीमा मंगलवार एक कार्यक्रमबीच नाम घोषणा गरिएको हो ।
- पार्टीको जिल्ला कार्य समितीको सचिव समेत रहेका यादवलाई विजयी गराउन केन्द्रिय सदस्य यादवले उक्त कार्यक्रम बीच आग्रह गरे ।
- संस्थापन पक्षबाट निर्मला यादव, भगवती प्रसाद यादव र राम प्रसाद मण्डल पनि सभापती पदका लागी दाबेदारी गर्दै आएपनि साझा उम्मेदवारका रुपमा शत्रुघन यादवको नाम प्रस्तुत गरेको केन्द्रिय सदस्य यादवको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया