सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
१४७ पटक हेरिएको
Shares
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 

सारांश

  • सचेतना अभियान तथा प्रदर्शन कार्यक्रम अन्तर्गत मुक्त हरवा चरवा अधिकार मञ्च केन्द्रिय कार्यालयको अगुवाईमा प्रर्दशन पश्चात् पालिकाहरुमा माग–पत्र बुझाइएको हो ।
  • हरवा चरवा प्रथाको अन्त्य गरौ, न्यायपुर्ण श्रम सम्बन्ध कायम गरौ, मर्यादित श्रम, समान ज्याला र मुक्त हरवाको पुर्नस्थापना गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर बजार परिक्रमा पश्चात पालिका कार्यालय पुगेर माग–पत्र बुझाइएको हो ।
  • मागपत्रमा मुक्त हरवा चरवाको तथ्याङ्क संकलन, प्रमाणिकरण तथा परिचय पत्र वितरण कार्य तत्काल सूरु गरिनु पर्ने, मुक्त हरवा चरवाको पुनः स्थापना तथा अधिकार सुनिश्चिताका लागी छुट्टै बजेट विनियोजन गरिनु पर्ने, सुरक्षित वासको सुनिश्चिता गरिनु पर्ने तथा सरकारको नीति, कार्यक्रम र बजेटमा हरवा चरवालाई प्राथमिक्ता दिइनु पर्ने माग गरिएको छ ।
दैनिक समाचारदाता
राजविराज, ४ असार । 
हरवा चरवाले विभिन्न ७ बुंदे मागँ अघि सार्दै विहीवार एकै दिन र एकै समयमा सप्तरीका १८ वटै पालिकामा प्रर्दशन सहित मागपत्र बुझाएका छन ।
सचेतना अभियान तथा प्रदर्शन कार्यक्रम अन्तर्गत मुक्त हरवा चरवा अधिकार मञ्च केन्द्रिय कार्यालयको अगुवाईमा प्रर्दशन पश्चात् पालिकाहरुमा माग–पत्र बुझाइएको हो ।
हरवा चरवा प्रथाको अन्त्य गरौ, न्यायपुर्ण श्रम सम्बन्ध कायम गरौ, मर्यादित श्रम, समान ज्याला र मुक्त हरवाको पुर्नस्थापना गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर बजार परिक्रमा पश्चात पालिका कार्यालय पुगेर माग–पत्र बुझाइएको हो ।
मागपत्रमा मुक्त हरवा चरवाको तथ्याङ्क संकलन, प्रमाणिकरण तथा परिचय पत्र वितरण कार्य तत्काल सूरु गरिनु पर्ने, मुक्त हरवा चरवाको पुनः स्थापना तथा अधिकार सुनिश्चिताका लागी छुट्टै बजेट विनियोजन गरिनु पर्ने, सुरक्षित वासको सुनिश्चिता गरिनु पर्ने तथा सरकारको नीति, कार्यक्रम र बजेटमा हरवा चरवालाई प्राथमिक्ता दिइनु पर्ने माग गरिएको छ ।
यस्तै मुक्त हरवा चरवाको सामाजिक सुरक्षा तथा शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गरिनु पर्ने लगायतका माग पनि माग–पत्र मार्फत गरिएको छ । मञ्चका केन्द्रीय अध्यक्ष दशन लाल मण्डलले मुक्त हरवा चरवाको अधिकार सुनिश्चित गर्न जिल्लाका १८ वटै पालिकामा एकै साथ स्थानीयस्तरीय जनप्रर्दशन, माग–पत्र बुझाउने तथा त्यस पछि आम सभाको आयोजना गरिएको थियो ।
कार्यक्रम सफल बनाउन राष्ट्रिय दलित नेटर्वक नेपालका कार्यकारी निर्देशक हुकुम सार्की, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, श्रीपुराज सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक बिनोदानन्द चौधरी, जनचेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम तथा विभिन्न पालिकाका हरवा चरवा अगुवाहरु परिचालित भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोदाम घरमा आगलागि, सात लाख मुल्य बराबरको क्षति
गोदाम घरमा आगलागि, सात लाख मुल्य बराबरको क्षति
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
कुबेर शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने
जसपाले चार नेतालाई  अनुशासनको कारवाही गर्ने

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह