आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 

राजविराज राजविराज
|
मंगलबार, मंसिर २३, २०८२
|
|
७६ पटक हेरिएको
Shares
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 

सारांश

  •     गठित संघर्ष समितीद्वारा आह्वान गरिएको बन्दको प्रभाव पालिका र मातहतका कार्यालयमा देखिएपनी सरकारी कार्यालयहरुमा खासै देखिएन ।
  • विहान ११ बजे देखी संर्घष समितिका पादाधिकारी तथा जेनजी अगुवाहरु राजविराजस्थित सरकारी कार्यालयहरु बन्द गराउँदै हिडेपछी सेवा प्रवाहमा भने समस्या देखिएको थियो ।
  •       गत कार्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 

    आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै मंगलवार सप्तरीका सरकारी कार्यालय तथा जिल्लाका सबै पालिका बन्द गर्ने घोषणाको मिश्रित प्रभाव देखिएको छ ।
    गठित संघर्ष समितीद्वारा आह्वान गरिएको बन्दको प्रभाव पालिका र मातहतका कार्यालयमा देखिएपनी सरकारी कार्यालयहरुमा खासै देखिएन । विहान ११ बजे देखी संर्घष समितिका पादाधिकारी तथा जेनजी अगुवाहरु राजविराजस्थित सरकारी कार्यालयहरु बन्द गराउँदै हिडेपछी सेवा प्रवाहमा भने समस्या देखिएको थियो । 
    गत कार्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयले जिल्लाका ७२ हजार करदातालाई सेवा प्रदान गर्दै आएको राजविराजस्थित करदाता सेवा कार्यालय पनि बन्द हुने भएपछी स्थानीय आन्दोलित भएका हुन । 
    जनयुद्धकालमा राजविराजमा आप्mनै जग्गामा रहेको आन्तरिक राजश्व कार्यालय पनि यहाँबाट सिरहाको लहान सारिएको थियो । त्यसको विकल्पको रुपमा २०७५ सालमा यहाँ स्थापना गरिएको करदाता सेवा कार्यालय पनि खारेजीमा परेपछी स्थानीयवासी आन्दोलित भएका छन । 
    संघर्ष समितीका संयोजक मोहन कुमार यादवले तोकेको लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको अवस्थामा यहाँबाट करदाता सेवा कार्यालय हटाउनु अविवेकीपुर्ण निर्णय भएको बताए । उक्त कार्यालयको राजविराज ७ मा आफ्नै नाममा भवन सहितको ८ कठ्ठा जग्गा रहेको र नाफामा रहेको अवस्थामा कार्यालय हटाउनु भनेको सप्तरीका जनतालाई दुःख दिने नियत रहेको आरोपका साथ उनले उक्त कार्यालय पुनः स्थापना नगरिए आन्दोलनको आँधीवेरी सिर्जना गर्ने चेतावनी समेत दिए । 
    करदाता सेवा कार्यालय पुृनः स्थापनाको माँग गर्दै यस अघि विरोध प्रर्दशन, हस्ताक्षर अभियान, बजार बन्द, प्रधानमन्त्रीलाई ज्ञापन पत्र, गजेन्द्र चौक र जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना लगायतका आन्दोलनका कार्याक्रम गरिसकेका संघर्ष समितीले सरकारले अविलम्ब माँग सम्बोधन नगरे आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गरिने जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी