दैनिक समाचारदाता
राजविराज, १ पुस ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि नै प्राध्यापन पेशामा संलग्न रहेका दुई प्राध्यापकहरुको स्मरण गर्दै विहिवार राजविराजमा श्रद्धाञ्जली सभा गरिएको छ ।
स्व. प्राध्यापक त्रिपुरारी शरणको दोश्रो स्मृति दिवस र स्व. प्रा.उमेश नारायण श्रीवास्तवको १६ औंं दिनको पुण्यतिथिमा सो श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
आयोजित श्रद्धाञ्जली सभामा पूर्व क्याम्पस प्रमुख अमरकान्त झाले स्व. शरण आफ्नो पेशाप्रति पूर्णसन्तुष्ट रहेका र उनी हाम्रा अभिभावक समेत रहेको तथा श्रीवास्तव जस्ता भारतीय शिक्षकहरुले नेपालको शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिएको स्मरण गरे ।
सभामा प्रा.डा. पिताम्वरलाल यादव स्व. प्राध्यापकद्वय आदर्श शिक्षक र आदर्श व्यक्तित्वको धनी तथा वहुप्रतिभाशाली व्यक्तित्व रहेको चर्चा गर्दै उहाँहरुको निधनले शिक्षा क्षेत्रलाई अपूर्णीय क्षति भएको उल्लेख गरे ।
पूर्व शिक्षक खेलानन्द झाले प्रेरणका श्रोत रहेका स्व. प्राध्यापकद्वय अनुशासन, कर्तव्यपरायण, आपसी सम्बन्ध बलियो भएका व्यक्तित्व रहेको चर्चा गरे । सोही अवसरमा बरिष्ठ पत्रकार अनिल कुमार अनलले स्व. उमेश बाबुको बारेमा स्व. शरणजीले लेख्नु भएको लेख पढेर सुनाउदै स्वर्गीय प्राध्यापकद्वयको उत्कृष्ट विचार र व्यवहार बारे चर्चा गरे ।
अधिवतmा वौद्धकृष्ण भगतको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाद्वारा संचालित श्रद्धाञ्जली सभामा प्रा. सुशिल कर्ण, अजय कुमार झा, हितनारायण लाल दासलगायतका वक्ताहरुले स्व. प्राध्यापकद्वयको व्यक्तित्व बारे चर्चा गरेका थिए ।
प्राध्यापक शरणको १६ डिसम्वर २०१९ मा ८१ बर्षको उमेरमा तथा प्राध्यापक श्रीवास्तवको १ डिसम्वर २०२१ मा ९२ वर्षको उमेरमा निधन भएको हो ।
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
सारांश
- स्व.
- प्राध्यापक त्रिपुरारी शरणको दोश्रो स्मृति दिवस र स्व.
- प्रा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया