दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो ३५ वर्षको राजनीतिक यात्रा र ब्यानर उपेन्द्र यादवले कब्जा गरेको आरोप लगाएका छन् ।
जिल्ला कमिटिले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।
मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्र यादव नेतृत्वको पार्टीसँग भएको एकिकरणको चर्चा गर्दै महतोले जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा गरेको बताए ।
“२०७२ सालमा मलेठ घटना पश्चात् सप्तरीवासीको चाहना अनुसार ६ दल मिलेर बनेको राजपा र त्यसपश्चात् उपेन्द्र यादव नेतृत्वको पार्टी समेत एकीकरण हुँदा बनेको जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ग¥यो ।” अध्यक्ष महतोले भने, “एक दशकअघिको ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा पुगेको छ ।”
आफु गजेन्द्र नारायण सिंहको चाहना अनुसार शासक वर्गसँग लड्न मधेश र पहाडका आदिवासी जनजातीलाई समेटेर राष्ट्रिय मुक्ति पार्टीको गठन गर्न बाध्य भएको उल्लेख गरे ।
विगतमा सरकार चलाएको एमाले, काँग्रेस र माओवादी लगायत ठुला दल फेरी सत्तामा पुगेर ब्रह्मलुट मचाउने दाउमा रहेको भन्दै उनीहरुबाट सावधान रहनुपर्ने कुरामा महतोले जोड दिए ।
उनले विगतमा सरकारको नेतृत्व गर्दा ब्रह्मलुट मचाएर व्यापक भ्रष्टाचार गरेका दलहरु नै अहिले संसद पुनस्र्थापनाको ढोल पिटी रहेको टिप्पणी गर्दै यस्तो व्यवहारले जेनजी आन्दोलनको पनि अपमान हुने दावी गरे ।
आफ्नै नेतृत्वको नेपाल राष्ट्रिय मुक्ति पार्टी विचार सहितको विकल्पका रुपमा अघि बढिरहेको दावीका साथ यसको विस्तारमा सबैले सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा पार्टीका महासचिव सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजनीतिक समिति सदस्य राजनाराण साह, जिल्ला संयोजक दीपेन्द्र चौधरी, नवप्रवेशी एवं स्व. गजेन्द्रनारायण सिंहका अनुयायी विकास तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
सारांश
- जिल्ला कमिटिले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।
- मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्र यादव नेतृत्वको पार्टीसँग भएको एकिकरणको चर्चा गर्दै महतोले जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा गरेको बताए ।
- “२०७२ सालमा मलेठ घटना पश्चात् सप्तरीवासीको चाहना अनुसार ६ दल मिलेर बनेको राजपा र त्यसपश्चात् उपेन्द्र यादव नेतृत्वको पार्टी समेत एकीकरण हुँदा बनेको जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ग¥यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया