हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
२३८ पटक हेरिएको
Shares
हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सारांश

  • डिभिजन वन कार्यालय सप्तरीद्वारा शुक्रबार आयोजित “बन्यजन्तु अपराध नियन्त्रणमा संचारमाध्यमको भूमिका” विषय कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
  • कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र कुसाहाकी निमित्त प्रमुख प्रतिभा शिवाकोटीले हात्तीको प्राकृतिक बासस्थान र आवागमन मार्गमा मानवीय अतिक्रमण बढ्दै जाँदा हात्ती बस्ती पस्ने समस्या बढेको बताइन् ।
  • हात्तिलाई पुरानो बाटो बाटै आवतजावत गर्ने बानी रहेकोले हाल कतिपय स्थानमा मानवबस्ती बिस्तार भइसकेकोले हात्ती सोही बाटोबाट आवतजावत गर्दा मानवबस्ती जोखिममा पर्ने गरेको उनको भनाई थियो ।
दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
हात्तीको बसोवास गर्ने स्थानमा मानवबस्तिको बिस्तार, अनावश्यक रुपमा हात्तीमाथी आक्रमण, जंगलमा पर्याप्त आहार र पानीको अभाव लगायतका कारण हात्ती बस्ती पस्ने क्रम बढेको जनाइएको छ ।
डिभिजन वन कार्यालय सप्तरीद्वारा शुक्रबार आयोजित “बन्यजन्तु अपराध नियन्त्रणमा संचारमाध्यमको भूमिका” विषय कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र कुसाहाकी निमित्त प्रमुख प्रतिभा शिवाकोटीले हात्तीको प्राकृतिक बासस्थान र आवागमन मार्गमा मानवीय अतिक्रमण बढ्दै जाँदा हात्ती बस्ती पस्ने समस्या बढेको बताइन् । हात्तिलाई पुरानो बाटो बाटै आवतजावत गर्ने बानी रहेकोले हाल कतिपय स्थानमा मानवबस्ती बिस्तार भइसकेकोले हात्ती सोही बाटोबाट आवतजावत गर्दा मानवबस्ती जोखिममा पर्ने गरेको उनको भनाई थियो ।
उनले हात्तीलाई आक्रमक रूपमा लखेट्नु भन्दा मानव–वन्यजन्तु सहअस्तित्व कायम हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै सरोकारवालाहरु यसप्रति गम्भिर हुनुपर्ने उल्लेख गरिन् ।
यद्दपी यी समस्याहरु रहे पनि हात्तीको आवागमन हुने क्षेत्रमा सुरक्षा निकायबाट समेत निगरानी भइरहेको उनले बताइन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बस्तीमा प्रवेश गरेको हात्तीलाई हतारमा लखेट्नुभन्दा सुरक्षित व्यवस्थापन गर्नुपर्ने बताए । हात्तीको आवागमन क्षेत्र पहिचान गरी नियमित निगरानी, वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच तत्काल सूचना आदान–प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।
हात्ती देखिएपछि नजिक नजाने, नजिस्क्याउने र भीड नगर्ने गरी सचेतना बढाउनुपर्ने तथा संवेदनशील क्षेत्रमा प्रकाश, चेतावनी प्रणाली तथा सुरक्षित अवरोधको व्यवस्था गर्नुपर्नेमा प्रमुख गौतमले जोड दिए । उनले वन्यजन्तुको संरक्षण र आरक्षबाट बाहिर मानवबस्तीमा जान नदिन आरक्षभित्रै बृक्षारोपन गरि विभिन्न प्रजातीका फलफूल, अन्न तथा पानीको मुहान समेत बिस्तार गरिएको जानकारी दिए ।
कार्यक्रममा डिभिजन वन अधिकृत मनोज ठाकुरले सप्तरीमा करिब २१ हजार १ सय ३६ हेक्टर वन क्षेत्र रहेको जानकारी दिँदै जिल्लामा १ सय ३७ वटा सामुदायिक वन रहेको बताए । उनले बन्यजन्तुको आक्रमणबाट कुनै मानविय क्षति भएको खण्डमा घाइतेलाई उपचार खर्च तथा मृतक परिवारलाई मुआब्जा दिने व्यवस्था रहेको बताए ।
कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व, बाली तथा जनधनमा हुने क्षति, वन्यजन्तुको बासस्थान विनाश र क्षतिपूर्तिसम्बन्धी व्यवस्थाका विषयमा छलफल गरिएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
संघीय सरकारका मातहतका कार्यालयद्वारा प्रदेश सरकारको विदाको अवज्ञा
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
समस्यै समस्याले जेलिएको राजविराज कारागार
समस्यै समस्याले जेलिएको राजविराज कारागार
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग 
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना

छुटाउनुभयो कि ?