हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन ९, २०८३
|
|
४० पटक हेरिएको
Shares
हात्ती हिड्ने बाटोमा मानवबस्ती बिस्तार भएकाले बस्ती जोखिममा ः आरक्ष निमित्त प्रमुख सिवाकोटी

सारांश

  • डिभिजन वन कार्यालय सप्तरीद्वारा शुक्रबार आयोजित “बन्यजन्तु अपराध नियन्त्रणमा संचारमाध्यमको भूमिका” विषय कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
  • कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र कुसाहाकी निमित्त प्रमुख प्रतिभा शिवाकोटीले हात्तीको प्राकृतिक बासस्थान र आवागमन मार्गमा मानवीय अतिक्रमण बढ्दै जाँदा हात्ती बस्ती पस्ने समस्या बढेको बताइन् ।
  • हात्तिलाई पुरानो बाटो बाटै आवतजावत गर्ने बानी रहेकोले हाल कतिपय स्थानमा मानवबस्ती बिस्तार भइसकेकोले हात्ती सोही बाटोबाट आवतजावत गर्दा मानवबस्ती जोखिममा पर्ने गरेको उनको भनाई थियो ।
दैनिक समाचारदाता
राजविराज, ९ असोज । 
हात्तीको बसोवास गर्ने स्थानमा मानवबस्तिको बिस्तार, अनावश्यक रुपमा हात्तीमाथी आक्रमण, जंगलमा पर्याप्त आहार र पानीको अभाव लगायतका कारण हात्ती बस्ती पस्ने क्रम बढेको जनाइएको छ ।
डिभिजन वन कार्यालय सप्तरीद्वारा शुक्रबार आयोजित “बन्यजन्तु अपराध नियन्त्रणमा संचारमाध्यमको भूमिका” विषय कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्र कुसाहाकी निमित्त प्रमुख प्रतिभा शिवाकोटीले हात्तीको प्राकृतिक बासस्थान र आवागमन मार्गमा मानवीय अतिक्रमण बढ्दै जाँदा हात्ती बस्ती पस्ने समस्या बढेको बताइन् । हात्तिलाई पुरानो बाटो बाटै आवतजावत गर्ने बानी रहेकोले हाल कतिपय स्थानमा मानवबस्ती बिस्तार भइसकेकोले हात्ती सोही बाटोबाट आवतजावत गर्दा मानवबस्ती जोखिममा पर्ने गरेको उनको भनाई थियो ।
उनले हात्तीलाई आक्रमक रूपमा लखेट्नु भन्दा मानव–वन्यजन्तु सहअस्तित्व कायम हुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै सरोकारवालाहरु यसप्रति गम्भिर हुनुपर्ने उल्लेख गरिन् ।
यद्दपी यी समस्याहरु रहे पनि हात्तीको आवागमन हुने क्षेत्रमा सुरक्षा निकायबाट समेत निगरानी भइरहेको उनले बताइन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बस्तीमा प्रवेश गरेको हात्तीलाई हतारमा लखेट्नुभन्दा सुरक्षित व्यवस्थापन गर्नुपर्ने बताए । हात्तीको आवागमन क्षेत्र पहिचान गरी नियमित निगरानी, वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच तत्काल सूचना आदान–प्रदान गर्नुपर्ने उनको भनाइ थियो ।
हात्ती देखिएपछि नजिक नजाने, नजिस्क्याउने र भीड नगर्ने गरी सचेतना बढाउनुपर्ने तथा संवेदनशील क्षेत्रमा प्रकाश, चेतावनी प्रणाली तथा सुरक्षित अवरोधको व्यवस्था गर्नुपर्नेमा प्रमुख गौतमले जोड दिए । उनले वन्यजन्तुको संरक्षण र आरक्षबाट बाहिर मानवबस्तीमा जान नदिन आरक्षभित्रै बृक्षारोपन गरि विभिन्न प्रजातीका फलफूल, अन्न तथा पानीको मुहान समेत बिस्तार गरिएको जानकारी दिए ।
कार्यक्रममा डिभिजन वन अधिकृत मनोज ठाकुरले सप्तरीमा करिब २१ हजार १ सय ३६ हेक्टर वन क्षेत्र रहेको जानकारी दिँदै जिल्लामा १ सय ३७ वटा सामुदायिक वन रहेको बताए । उनले बन्यजन्तुको आक्रमणबाट कुनै मानविय क्षति भएको खण्डमा घाइतेलाई उपचार खर्च तथा मृतक परिवारलाई मुआब्जा दिने व्यवस्था रहेको बताए ।
कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व, बाली तथा जनधनमा हुने क्षति, वन्यजन्तुको बासस्थान विनाश र क्षतिपूर्तिसम्बन्धी व्यवस्थाका विषयमा छलफल गरिएको थियो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउन सुगरसहित दुई पक्राउ
ब्राउन सुगरसहित दुई पक्राउ
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह
यूवाहरुलाई प्रदेशमै रोजगारीकालागि विना ब्याज ऋण उपलब्ध गराउने ः कृषि मन्त्री साह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
सडक मर्मतको माग गर्दै चक्काजाम
सडक मर्मतको माग गर्दै चक्काजाम
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
प्रदेश २ का लोकसेवा आयोग अध्यक्ष र नीति आयोग उपाध्यक्षद्वारा सपथ
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत

छुटाउनुभयो कि ?

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

सबै भन्दा बढी पत्रपत्रिका प्रकाशन हुने  जिल्ला काठमाडौंपछी सप्तरी दोश्रो

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

आमसञ्चार प्राधिकारण मधेशबाटै एफएम रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका कार्य हुने 

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

अध्यक्षमा दोहोरिए लालु, सप्तरी उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

सप्तरीका चारसहित आठ जना लागूऔषध खैरो हेरोइनसहित पक्राउ 

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

पोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम अघि बढ्दै

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

विष्णुपर गाउँपालिका वडा १ को कार्यालय भवन उद्घाटन 

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता