दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा नं ३ सकरपुराका अग्निपीडित परिवारलाई गाउँपालिकाले आइतबार राहत प्रदान गरेको छ ।
स्थानीय हरिहर मुखियाको गुहालीमा कात्तिक ४ गते राति घुरबाट आगलागी हुँदा एउटा गाई, एउटा बाच्छा र तीनवटा बाख्रा मरेको थियो ।
उक्त परिवारलाई २५ किलो चामल, ३ किलो मुरही, २ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र एक थान त्रिपाल गाउपालिकाले राहत प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, कार्यपालिका सदस्य रिता साह, वडा सदस्य अमोद झा, जिन्सी शाखा प्रमुख शैलेश मिश्र, कृषि शाखा प्रमुख उमेश मण्डलको उपस्थितिमा उक्त राहत प्रदान गरिएको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
प्रतिक्रिया
० प्रतिक्रिया