रुपनी र डाक्नेश्वरी बिजयी

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •     महबुब आलम कप्तान रहेको रुपनी राइडर्सले तिलाठी कोइलाडीलाई ५ विकेट र पुष्प थापा कप्तान रहेका डाक्नेश्वरी ड्रागनले बोदेबर्साइनलाई ७ विकेटले पराजित गरेको हो ।
  •       वर्षाका कारण मैदान भिजेकोले ५ ओवरको खेल खेलाइएको थियो ।
  • पविमावि खेल मैदानमा सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिंङ गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार पारेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ असार । 
    राजविराजमा जारि दोश्रो मेयर कप सप्तरी प्रिमियर लिगको मंगलबार सम्पन्न खेलहरुमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन बिजयी भएका छन् । 
    महबुब आलम कप्तान रहेको रुपनी राइडर्सले तिलाठी कोइलाडीलाई ५ विकेट र पुष्प थापा कप्तान रहेका डाक्नेश्वरी ड्रागनले बोदेबर्साइनलाई ७ विकेटले पराजित गरेको हो । 
    वर्षाका कारण मैदान भिजेकोले ५ ओवरको खेल खेलाइएको थियो । पविमावि खेल मैदानमा सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिंङ गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार पारेको थियो । 
    रुपनीका लागि महबुब आलमले १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बलिङतर्फ तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट, रोहित सिंहले २ विकेट तथा कमल ओलीले १ विकेट लिएका थिए ।
    सो लक्ष्य पछ्याउँदै तिलाठी कोइलाडीले बिना विकेटको नोक्सानीमा ५ ओवरमा मात्र २७ रन बनाउन सफल भयो । जसमा सुनिल धमला र कप्तान रोहन बिक क्रमशः ११ र १२ रन बनाएर अविजित रहे पनि जित खेल जित्न सकेनन् । 
    यता रुपनीका बलर गोमानन्द अमात्यले १ ओभरमा मात्र ४ रन, प्लेयर अफ द म्याच चुनिएका अनोज यादबले २ ओभरमा ८ रन तथा सैदुल्लाह अन्सारीले २ ओभरमा १३ रन दिएका थिए । 
    यस्तै दोश्रो खेलमा पहिले ब्याटिंङ गर्दै बोदेबर्साइनले दिएको १ सय १९ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।  
    जसमा बिशाल सुश्लिंगले अविजित ३५ रन बनाएका थिए भने कप्तान पुष्प थापाले अविजित २९ र दिपेश कंडेलले २४ रन बनाएका थिए । यता बलिङमा बोदे बर्साइनका मिनास थापा, ओपन राई र मन्जित श्रेष्ठले १÷१ विकेट लिएका थिए ।
    बोदेका लागि कप्तान मन्जित श्रेष्ठले २४, मुकुन्द यादबले २०, पवन दासले १५ तथा आदर्श यादबले अविजित १७ रन बनाएका थिए । यता डाक्नेश्वरीका बलर चित्र बहादुर थापा, रोबिन सिंह र दिपेश कंडेलले २÷२ विकेट लिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा 
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
विपन्न परिवारलाई निशुल्क विद्युत मिटर बितरण
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा प्रशासनलाई स्वास्थ्य सामाग्रि तथा उपकरण प्रदान
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
धनुषा र बारा प्रधानमन्त्री कप छनोट  प्रतियोगिताको फाइनलमा भिड्ने
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न