दैनिक समाचारदाता
राजविराज, ५ साउन ।
सप्तरीको महादेवा गाउँपालिकाका सबै वडामा सेनाले स्वच्छ खानेपानीका लागी डिप बोरिङ तथा खानेपानी वितरण आयोजना सम्पन्न गरेको छ ।
स्थानियको आग्रहमा नेपाली सेनाले २७ नं. बाहिनीका बाहिनीपती सहायक रथी बाबुराम श्रेष्ठको नेतृत्वमा भिमदलगणका दैनिक २५ जनाको सैन्य टोलीले ६५ दिनको लगातारको श्रमबाट सो निर्माण कार्य सम्पन्न भएको हो ।
सो खानेपानीको निर्माण कार्य सँगै सेनाले भुकम्पका कारण भत्काएको एक विद्यालयलाई ३ सय फिट लामो कम्पाउण्ड वाल समेत निर्माण गरी समुदाय र बिद्यालयलाई हस्तान्तरण गरेको छ ।
निर्माण कार्य सम्पन्न पश्चात् आईतबार एक कार्यक्रम विच प्रमुख अतिथि मध्य पूर्वी पृतनाका पृतनापति उपरिथ नरेश चन्द्रभट्टद्वारा उद्घाटन लगतै समुदाय र सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
३५ लाखको लागतमा निर्माण गरिएको डिप बोरिङ र खानेपानी वितरण आयोजना तथा महादेवा गाउँपालिकास्थित आधारभूत विद्यालयको ३ सय फिट लम्बाई र १० ईन्च मोटाई रहेको छ ।
यस्तै बाढी र गर्मीसँगै सो क्षेत्रमा सर्प र लामखुट्टेको प्रकोप समेत बढेकाले त्यसबाट जोगिन सेनाले ५ सय परिवारलाई जनहि एक–एक थानका दरले झुल समेत वितरण गरिएको भिम दल गणका गणपति एवं प्रमुख सेनानी गुप्त बहादुर कुवरले बताए ।
स्वच्छ खानेपानीबाट बञ्चित तथा झुलको अभावमा लामखुट्टे र सर्पको जोखिममा रहेका स्थानियबासीको पीडा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा नजिक पु¥याएपछि उनकै असिम सदिक्षाले ३५ लाखको लगानी र सेनाको श्रमदानबाट महादेवा गाउँपालिकाका बासिन्दालाई सहयोग गर्न सकिएको उल्लेख गरे ।
२ सय ४० फिट गहिरो डिप बोरिङ र ३० फिट उचाईको आर.सि.सि. ओभर हेड टयांकि निर्माण गरिएको छ । १० हजार लिटरको क्षमता भएको टयांकिबाट गाउँपालिकाको सवै ६ वटै वडामा २÷२ ओटा धारा समेत जडान गरी स्वच्छ खानेपानी पुर्याइएको छ ।
यसअघि धारा नहुँदा आर्सेनिक र आईरन युक्त टयुवेलको पानी खान बाध्य स्थानिय बासीको वडा वडामा स्वच्छ खानेपानी सहितको धारा सेनाले जडान गरिदिएपछि स्थानिय निकै हर्षित भएका छन् ।
कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष दिपक यादव तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह आधारभूत विद्यालयका प्रधानाध्यापक गंगा राय ईसर लगायतले सेनाको सामाजिक कामको प्रशंसा गर्दै स्थानियको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।
सेनाले गाउँपालिकामा स्वच्छ खानेपानी पु¥याए
सारांश
- स्थानियको आग्रहमा नेपाली सेनाले २७ नं.
- बाहिनीका बाहिनीपती सहायक रथी बाबुराम श्रेष्ठको नेतृत्वमा भिमदलगणका दैनिक २५ जनाको सैन्य टोलीले ६५ दिनको लगातारको श्रमबाट सो निर्माण कार्य सम्पन्न भएको हो ।
- सो खानेपानीको निर्माण कार्य सँगै सेनाले भुकम्पका कारण भत्काएको एक विद्यालयलाई ३ सय फिट लामो कम्पाउण्ड वाल समेत निर्माण गरी समुदाय र बिद्यालयलाई हस्तान्तरण गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया