राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ७, २०७७
|
|
३२ पटक हेरिएको
Shares
राजविराज कारागारबाट एक महिलासहित १० कैदीबन्दी रिहा 

सारांश

  •     कम्तिमा ५० प्रतिशत कैद भुक्तानी गरिसकेका तथा राम्रो आचरण भएकाहरुलाई राष्ट्रपतिको सिफारिसमा बाँकी कैद मिनाह गरि रिहा गरिएको राजविराज कारागार प्रशासनले जनाएको छ ।
  •       रिहा हुनेहरुमा सवारी ज्यानका सर्वाधिक पाँच जना रहेका छन् भने कर्तव्य ज्यानका तीन र डाँका खुनी तथा बहुविवाहका एक/एक जना कैदीबन्दीहरु छन् ।
  •       कारागार कार्यालय सप्तरी राजविराजका खरीदार सन्दिप देवले दिएको जानकारी अनुसार सवारी ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका सप्तरीको रुपनी गाउँपालिका ५ का इसोहित हसन, छिन्नमस्ता गाउँपालिका ५ का गौतम शर्मा, खडक नगरपालिका ५ का सन्तोषकुमार साह, सुनसरीको इनरुवा ७ का रोशन थापा र सिरहाको कर्जनहा नगरपालिका ६ का सुरेन्द्र दास रिहा भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ फागुन । 
    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराज कारागारबाट एक महिलासहित १० जना कैदीबन्दीहरु शुक्रबार रिहा भएका छन् । 
    कम्तिमा ५० प्रतिशत कैद भुक्तानी गरिसकेका तथा राम्रो आचरण भएकाहरुलाई राष्ट्रपतिको सिफारिसमा बाँकी कैद मिनाह गरि रिहा गरिएको राजविराज कारागार प्रशासनले जनाएको छ । 
    रिहा हुनेहरुमा सवारी ज्यानका सर्वाधिक पाँच जना रहेका छन् भने कर्तव्य ज्यानका तीन र डाँका खुनी तथा बहुविवाहका एक/एक जना कैदीबन्दीहरु छन् । 
    कारागार कार्यालय सप्तरी राजविराजका खरीदार सन्दिप देवले दिएको जानकारी अनुसार सवारी ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका सप्तरीको रुपनी गाउँपालिका ५ का इसोहित हसन, छिन्नमस्ता गाउँपालिका ५ का गौतम शर्मा, खडक नगरपालिका ५ का सन्तोषकुमार साह, सुनसरीको इनरुवा ७ का रोशन थापा र सिरहाको कर्जनहा नगरपालिका ६ का सुरेन्द्र दास रिहा भएका छन् । 
    यस्तै कर्तव्य ज्यान मुद्दाका सर्लाहीको हंसपुर गाउँपालिका ५ की मन्जुदेवी यादव, सप्तरीको सप्तकोशी नगरपालिका ४ का कुमार बाँतर सरदार र बोदेबरसाइन नगरपालिका ४ का जितेन्द्र यादव रिहा भएका छन् । 
    यस्तै डाँका खुनी मुद्दाका झापाको मेची नगरपालिका २ का समिर अली तथा बहुविवाह मुद्दाका बोदेबरसाइन नगरपालिका ९ का विद्यानाथ साह रिहा भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने