होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २५, २०७९
|
|
३२ पटक हेरिएको
Shares
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु

सारांश

  •     स.
  • ४प.
  • ३२७५ नम्बर मोटरसाईकलमा सवार मण्डल बुधवार राती १० बजे तीर राजविराज नगरपालिका ११ स्थित पम्प नहरको भित्री सडक खण्डमा दुर्घट्ना भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २५ फागुन । 

    कुस्तीका पूर्व राष्ट्रिय खेलाडी एवं सहायक प्रशिक्षक श्याम मण्डलको मोटरसाईकल दुर्घट्नमा परी मृत्यु भएको छ । 
    स.४प.३२७५ नम्बर मोटरसाईकलमा सवार मण्डल बुधवार राती १० बजे तीर राजविराज नगरपालिका ११ स्थित पम्प नहरको भित्री सडक खण्डमा दुर्घट्ना भएको थियो । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया निवासी मण्डल राजविराजमा साथी÷भाईहरुसंग होली मनाएर घर फर्किदै गर्दा मोटरसाईकल अनियन्त्रीत भई सो दुर्घट्ना भएको प्रहरीको भनाई छ । 
    मोटरसाईकल अनियन्त्रित भई दुर्घट्ना हुँदा गम्भिर घाईते भएका ५० वर्षिय मण्डललाई प्रहरीले तत्कालै उपचारका लागी राजविराजस्थित छिन्नमस्ता अस्पताल पु¥याएको थियो । उपचार कै क्रममा राती १२ बजे तिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 
    पारिवारीक श्रोतका अनुसार घरमा परम्परागत संस्कार सकेपछी विहीवार नै गाउँ नजिकैको खाडो घाटमा उनको अन्त्येस्टि गरिएको छ । 
    मण्डलका एक छोरा दुई छोरी र श्रीमती छन् । यसैबीच खेलकुद पत्रकार मञ्च सप्तरीले विहिवार एक शोक वक्तब्य मार्फत मण्डलको निधन प्रति गहिरो दुःख ब्यक्त गरेको छ । मञ्चका अध्यक्ष मनोज कुमार माझीद्वारा जारी शोक वक्तब्यमा मण्डलको निधनले खेलकुद क्षेत्रमा अपुरणीय क्षती भएको मन्दै मृतक आत्माको चिरशान्ति तथा शोक सन्तप्त परिवालाई धैर्य धारणा गर्ने शक्ती मिलोस भनी कामना गरिएको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
गजेन्द्र नारायण सिंह अस्पतालका  चिकित्सकबीचको विवाद उत्कर्षमा 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
आगलागिले वडा सदस्यको घर खरानी 
आगलागिले वडा सदस्यको घर खरानी 
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते