दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
बेसहारा तथा हिंसामा परेका महिलालाई सुरक्षित बासस्थानका लागि राजविराजमा महिला सेफ हाउस निर्माण हुने भएको छ ।
राजविराज नगरपालिका वडा नं. २ मा स्थापना हुन लागेको महिला सेफ हाउसको बुधवार मधेश प्रदेशका सांसद किरण कुमारी साहले शिलान्यास गरेकी छिन् ।
उनकै संसदीय विकास कोषको बजेटबाट निर्माण हुन लागेको महिला सेफ हाउसले वेघर र हिंसामा परेका महिलालाई न्यायका लागि वासस्थानको समस्या अन्त्य हुने विश्वास गरिएको वडा अध्यक्ष अरुण यादवले बताए । वडाध्यक्ष यादवकै पहलमा महिला सेफ हाउसका लागि जग्गा उपलब्ध गराईएको छ ।
यसअघि सांसद साहले आफ्नो संसदीय विकास कोषको रकमबाटै राजविराज १२ मा विद्यालय कम्पाउन्ड वाल र राजविराज ७ मा धार्मिक संस्कृति महत्वको ऐतिहासिक भगवती पोखरीमा छठ घाट निर्माण तथा सौन्दर्यकरण कार्यको थालनी समेत गरिसकेकी छिन् ।
शिलान्यास समारोहमा जनप्रतिनिधि, पत्रकार तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
महिलालाई सुरक्षित वासस्थानका लागि सेफ हाउस निर्माण हुँदै
सारांश
- राजविराज नगरपालिका वडा नं.
- २ मा स्थापना हुन लागेको महिला सेफ हाउसको बुधवार मधेश प्रदेशका सांसद किरण कुमारी साहले शिलान्यास गरेकी छिन् ।
- उनकै संसदीय विकास कोषको बजेटबाट निर्माण हुन लागेको महिला सेफ हाउसले वेघर र हिंसामा परेका महिलालाई न्यायका लागि वासस्थानको समस्या अन्त्य हुने विश्वास गरिएको वडा अध्यक्ष अरुण यादवले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया