पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०८२
|
|
६६ पटक हेरिएको
Shares
पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए 

सारांश

  •     राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार मधेशका ८ वटै जिल्लामा चार बर्षको अवधिमा पोखरी, नदी, नाला र खाडलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको छ ।
  •       सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार सबैभन्दा बढी धनुषामा ६८ जना बालबालिकाको डुबेर ज्यान गएको छ ।
  • त्यसपछी सप्तरीमा ६२, रौतहटमा ५९, सिरहामा ५६, महोत्तरीमा ४८, सर्लाहीमा ३४, पर्सामा २२ र बारामा १३ जना बालबालिको डुबेर ज्यान गएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।

    मधेश प्रदेशको विभिन्न स्थानका पानीजन्य स्थलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको एक तथ्याङ्कले देखाएको छ ।
    राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार मधेशका ८ वटै जिल्लामा चार बर्षको अवधिमा पोखरी, नदी, नाला र खाडलमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाएको छ । 
    सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार सबैभन्दा बढी धनुषामा ६८ जना बालबालिकाको डुबेर ज्यान गएको छ । त्यसपछी सप्तरीमा ६२, रौतहटमा ५९, सिरहामा ५६, महोत्तरीमा ४८, सर्लाहीमा ३४, पर्सामा २२ र बारामा १३ जना बालबालिको डुबेर ज्यान गएको छ ।  
    त्यस्तै सोही तथ्याङ्कले मधेश प्रदेशमा चार वर्षकै अवधीमा ८ सय २३ जनाले डुबेर ज्यान गुमाएका छन् । सबैभन्दा बढी धुनषामा १ सय ८७ जनाको डुबेर मृत्यु भएको छ । जसमा १ सय १२ जना वयस्क, ६८ जना बालबालिका र ७ जना वृद्ध छन् ।
    यस्तै सप्तरीमा डुबेर १ सय ३ जनाको मृत्यु भएको छ । त्यसमा बालबालिका ६२, वयस्क ३५ र ६ जना वृद्ध रहेका छन् । यसै अवधिमा रौतहटमा ९० जनाले ज्यान गुमाएकोमा ५९ जना बालबालिका र ३१ जना वयस्क छन् । 
    सिरहामा डुबेर ७८ जनाको मृत्यु भएको छ । जसमा ५६ जना बालबालिका, १७ जना वयस्क तथा ५ जना बृद्ध रहेका छन् । महोत्तरीमा ७७ जनाले ज्यान गुमाएका छन् । जसमा ४८ बालबालिका, ११ जना वयस्क तथा १८ जना वृद्ध छन् । सर्लाहीमा ६६ जनाले ज्यान गुमाएका छन् । जसमा ३४ बालबालिका र ३२ वयस्क छन् । पर्सामा ४२ जनाको ज्यान गएको छ । जसमा २२ बालबालिका, १७ वयस्क तथा ३ जना वृद्ध छन् । बारामा १३ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । 
    राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश जनकपुर कार्यालयका प्रमुख बुद्धनारायण सहनीले दिनुभएको जानकारी अनुसार आर्थिक बर्ष २०७८÷७९ मा १ सय ५७, २०७९÷८० मा १ सय ६७, २०८०÷८१ मा २ सय ४ तथा २०८१÷८२ मा २ सय ९५ जनाको डुबेर मृत्यु भएको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार मधेश प्रदेशका अधिकांश पुरुषहरु वैदेशिक रोजगारमा रहेको र आमाबाट मात्रै बालबालिकाको हेरचाहमा कमि हुँदै आएकाले यस्तो भयावह तथ्याङ्क देखिएको बताउछन् । उनले पोखरी धनी र अभिभावकको लापरवाहीका कारण पनि डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको उल्लेख गरे ।
    उनले पोखरीमा डिल नहुनु, पोखरी र खाल्डा खुल्डी घेरबार नगर्नु र अव्यवस्थित रुपमा पोखरी खन्नु तथा विकासिय कामका लागि जताततै माटो निकालेर खाल्डो खनी छोड्नुले पनि यस्तो जोखिम बढाएको धारणा राखे ।
    बर्षायाम आउनु अघि नै पालिका भित्रका खाल्डा पुर्ने वा त्यसलाई घेराबेरा गरिदिने काम गरे यस्ता घट्ना न्युनिकरण हुने उनले विश्वास व्यक्त गर्दै बर्षायाम आउनु अघि वडाहरुमा वृत्तचित्र सहितको जनचेतना अभियान चलाउन सुझाव समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
सार्वजनिक खरिद छैठांै नियमावली सच्याउन माँग गर्दै निर्माण ब्यवसायीद्वारा प्रमलाई ज्ञापन
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”
लोपोन्मुख माछा कोशीमा भेटियो    
लोपोन्मुख माछा कोशीमा भेटियो    
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न
स्थानिय सरकार परियोजना  व्यवस्थापन समितिको बैठक सम्पन्न
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
शिब्स इन्टरनेशनल र  लिटल एन्जल बिजयी
नाचगान गर्दै सरकारबिरुद्ध प्रदर्शन
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी