राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी

सारांश

  •     कार्यवाहक मेयर इसरत परविनद्वारा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई बुझाइएका जाहेरीमा राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, योजना अधिकृत मनोज यादव, राजविराज नगरपालिका ९ का सुधिर यादव, राजविराज १३ का गजेन्द्र यादवसहित दुई दर्जन व्यक्तिलाई विपक्षि बनाई नगरपालिकाको सार्वजनिक भौतिक संचरनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधिक उपद्र तर्फ कारवाही चलाउन माग गरिएको छ ।
  •       निलम्बित मेयर यादवपक्षले नगरपालिकामा तालाबन्दी गरि कामकाज अवरुद्ध गरेपछी प्रशासन समेतको छलफलबाट २७ गते ताला खोल्ने क्रममा विपक्षिहरुको समूहले नगरपालिकामा व्यापक तोडफोड र लेखाअधिकृत शत्रुधनलाल दास, सहरी स्वास्थ्य क्लिनिकका इन्जार्च सन्तोष दास लगायतलाई कुटपिटका साथै लेखाअधिकृत दासको दुई तोलाको सुनको सिक्रि समेत लुछेर लगेको जाहेरीमा उल्लेख छ ।
  •       तोडफोड र कुटपिट गर्दै गरेको दृश्यसहितको प्रमाणका रुपमा बुझाउदै जाहेरी मार्फत उनीहरुमाथी कडा कारवाही र क्षतिपूर्तीको माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ असार । 

    राजविराज नगरपालिकाका तर्फबाट कार्यवाहक मेयर इसरत परविनले गत जेठ २७ गते राजविराज नगरपालिकामा भएको तोडफोड, कर्मचारीमाथी कुटपिट र लुटपिट घटना बिरुद्ध मंगलबार प्रहरी समक्ष दुई वटा किटानी जाहेरी बुझाइएको छ । त्यस्तै मंगलबारै प्रहरी समक्ष उनीहरु बिरुद्ध अर्को जाहेरी राजविराज २ का सजात अलीले बुझाएका छन् । 
    कार्यवाहक मेयर इसरत परविनद्वारा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालाई बुझाइएका जाहेरीमा राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव, योजना अधिकृत मनोज यादव, राजविराज नगरपालिका ९ का सुधिर यादव, राजविराज १३ का गजेन्द्र यादवसहित दुई दर्जन व्यक्तिलाई विपक्षि बनाई नगरपालिकाको सार्वजनिक भौतिक संचरनाको अनाधिकृत कब्जा, विनाश एवं आपराधिक उपद्र तर्फ कारवाही चलाउन माग गरिएको छ । 
    निलम्बित मेयर यादवपक्षले नगरपालिकामा तालाबन्दी गरि कामकाज अवरुद्ध गरेपछी प्रशासन समेतको छलफलबाट २७ गते ताला खोल्ने क्रममा विपक्षिहरुको समूहले नगरपालिकामा व्यापक तोडफोड र लेखाअधिकृत शत्रुधनलाल दास, सहरी स्वास्थ्य क्लिनिकका इन्जार्च सन्तोष दास लगायतलाई कुटपिटका साथै लेखाअधिकृत दासको दुई तोलाको सुनको सिक्रि समेत लुछेर लगेको जाहेरीमा उल्लेख छ । 
    तोडफोड र कुटपिट गर्दै गरेको दृश्यसहितको प्रमाणका रुपमा बुझाउदै जाहेरी मार्फत उनीहरुमाथी कडा कारवाही र क्षतिपूर्तीको माग गरिएको छ । 
    उक्त जाहेरीको बोधार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालय, मानवअधिकार आयोग, मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालय, निजामति कर्मचारी संघ केन्द्रिय कार्यालय, जिल्ला प्रशसन कार्यालय र पत्रकार महासंघ शाखा सप्तरीलाई समेत दिइएको छ । 
    यसैगरी जेठ २७ गते भएको घटनामा कार्यवाहक मेयर परविन पक्षको मान्छे हो भन्दै आफूलाई मारेर फाल्न भन्दै निलम्बित मेयर यादवले आदेश दिएको र त्यसपछी योजना अधिकृत मनोज यादव, राजविराज ९ का सुधिर यादव र राजविराज १३ का गजेन्द्र यादव लगायतले मरनासन्न हुने गरि कुटेको भन्दै ज्यान मार्ने उद्योग गरेको आरोपसहित राजविराज नगरपालिका २ निवासी सजात अलीले अर्को जाहेरी दिएका छन् । 
    घटनास्थल बाहिर आफू उभिरहेको समयमा उक्त समूहले निर्घात कुटपिट गरेको र प्रहरीको सहयोगले बल्ल ज्यान बचेको भन्दै दोषीमाथी उनले ज्यान मार्ने उद्योग तथा क्षतिपूर्तिको माग गरेका छन् । उनले पनि कुटपिट गर्दै गरेको दृश्य पेन डा«इभमार्फत प्रमाणका रुपमा बुझाएका छन् ।  
    जाहेरी बुझ्दै प्रहरी उपरिक्षक खतिवडाले प्रमुख जिल्ला अधिकारीसँग समेत सल्लाह गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताएका थिए । 
    कर्मचारीमाथी कुटपिट भएपछी नगरपालिकाको काम बहिष्कार गरि विगत पाँच दिनदेखी धर्नामा बसेका कर्मचारीहरु समेत कार्यवाहक मेयर परविनसँगै जाहेरी पत्र बुझाउन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जाहेरी बुझाएपछी उनीहरु पुनः धर्नामा बसेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा,  पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
प्रहरीले प्रहरी साथीलाई नै पास गराउने उद्देश्यले प्रश्नपत्र चोरी गरेको खुलासा, पक्राउ परेका दुई प्रहरी र एक शिक्षकसहित ६ जना सार्वजनिक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
हरिण मारेको आरोपमा हतियार तथा  अन्य उपकरणसहित एक पक्राउ
पत्रकार महासंघको केन्द्रिय महाधिवेशन बैशाख २१ र २२ मा
पत्रकार महासंघको केन्द्रिय महाधिवेशन बैशाख २१ र २२ मा
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली