प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन

राजविराज राजविराज
|
बिहिबार, माघ १७, २०८१
|
|
० पटक हेरिएको
Shares
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन

सारांश

  • दैनिक समाचारदाता राजविराज, १७ माघ ।
  •       भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भ स्नान गर्न पुगेका सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्कबिहिन भएका छन ।
  •       मंगलवार कुम्भ स्नानको क्रममा मध्यराती भच्चिएको भागदौडमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी टोलकी ६० वर्षिया सुनैना देवी झा भागदौडका क्रममा सम्पर्क बिहीन भएको छोरा ललितले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ । 

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भ स्नान गर्न पुगेका सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्कबिहिन भएका छन । 
    मंगलवार कुम्भ स्नानको क्रममा मध्यराती भच्चिएको भागदौडमा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ तिलाठी टोलकी ६० वर्षिया सुनैना देवी झा भागदौडका क्रममा सम्पर्क बिहीन भएको छोरा ललितले बताएका छन् ।
    यस्तै सोही पालिका वडा ३ सकरपुराका ६५ वर्षिय बुलबुल खंग पनि सोही दिनदेखि कुम्भ स्थलबाट सम्पर्क बिहिन भएको वडा अध्यक्ष रमेश मुखियाले जानकारी दिएका छन् । दुवैका आफन्त अहिले भारतीय प्रहरीको समन्वयमा खोजी कार्य गरिरहेको परिवारजनले जनाएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नतेले भारतको प्रयागराजमा कुम्भ स्नानका लागि गएका दुई जना नेपाली तीर्थयात्री हराईरहेको चर्चा सुनिएपनि पीडितका परिवारले भने आफुहरुलाई कुनै जानकारी र सम्पर्क नगरेको बताए । यद्यपी यसबारे पीडित भनिएका परिवारबाट कुरा बुझेर खोजतलाशका लागि भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय र पहल गरिने उनको भनाई छ । यहाँबाट दैनिक सयौंको संख्यामा तिर्थयात्रीहरु कुम्भ स्नानका लागि प्रयागराजतर्फ जाने गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
ब्युटी, लक्ष्मीपछि सरस्वतीको बिजोग, अदालतको आदेशपछि ताला फुटाएर सरस्वतीलाई गराइयो गृह प्रवेश ….
सबल नेपालले दर खाने कार्यक्रम मनायो
सबल नेपालले दर खाने कार्यक्रम मनायो
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
दुई महिलाद्वारा आत्महत्या
दुई महिलाद्वारा आत्महत्या
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग