दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीका पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भई बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणबाट मुक्त भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो. नसिमलाई बिहीबार गजेन्द्र नारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीहरुले फुलमाला लगाई स्वागत गरेका थिए ।
उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो ।
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जेठ ११ र १७ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट मुक्त भएका मो. नसिमले उपचारमा संलग्न चिकित्सकको सद्भाव र हौसला तथा आफ्नो आत्मबलका कारण ठूलो संकटबाट मुक्ति मिलेको बताएका छन् ।
यता सप्तरीमा बाकी ६८ जना संक्रमित आइसोलेसनमा रहेका छन् । उनी सबैलाई साई कृष्ण अस्पतालमा तीन दिन अघि बनाइएको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त
सारांश
- कोरोना संक्रमणबाट मुक्त भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो.
- नसिमलाई बिहीबार गजेन्द्र नारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीहरुले फुलमाला लगाई स्वागत गरेका थिए ।
- उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया