दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
सप्तरीबाट निर्वाचित जनमत पार्टीका संघीय र प्रदेश सांसदहरु अहिले आफ्नो क्षेत्रको विकास बारे जनतासँग योजना माग्दै गाउँ नगरमा खटिएका छन् ।
सो पार्टीले “दलान दलील” नाम दिएर सुरु गरेको उक्त कार्यक्रम अन्तरगत जनमत पार्टीबाट सप्तरीको क्षेत्र न २ बाट प्रतिनिधि सभामा निर्वाचित डा. सिके राउत, सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेशसभा सदस्य सतिष कुमार सिंह तथा २ बाट निर्वाचित प्रदेशसभा सदस्य एवं मधेश प्रदेश सरकारका शिक्षा मन्त्री समेत रहेका महेश प्रसाद यादवले आ–आफm्ना निर्वाचन क्षेत्रमा खटिएका हुन ।
संघीय सांसद डा. राउतले एक दिनअघि आफ्नो निर्वाचन क्षेत्रबाट उक्त कार्यक्रम शुरु गरेको भोलीपल्टै आइतवारदेखि प्रदेश सभा सदस्य सिंह र यादवले पनि आ–आफ्नो क्षेत्रमा उक्त कार्यक्रम शुरु गरेका हुन् । जनताको घर–घर, दलान–दलील सम्म पुगी योजना माग्ने भएकाले यो कार्यक्रमलाई दलान दलील नाम दिएको उनले बताए ।
दलाल दलील कार्यक्रमका क्रममा राजविराजमा आयोजित कार्यक्रमबाट बोल्दै मधेश प्रदेशका शिक्षा मन्त्री समेत रहेका यादवले योजनाको प्रकृती हेरेर प्रदेशसभा र प्रतिनिधि सभामा लैजाने योजनाहरु छनौटका लागि उक्त कार्यक्रम थालिएको बताए । कार्यक्रम मार्फत जनतासँगे छलफल गरी योजनाहरु माग्ने तथा प्राथमिक्ताका आधारमा कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।
विगतमा विकास निर्माणका लागि योजनाहरु व्यक्तिगत लाभ तथा आसेपासे, आफन्त र नजिकका ठेकेदारलाई दिने प्रवृतिका कारण ठोस निर्माण कार्य हुन नसकेको तथा भएका थोर बहुत कामबाट पनि सिमित व्यक्ति लाभान्वित भएको पाइएकोले आफुहरुको पालामा धेरै भन्दा धेरै जनताले विकासको लाभ र अनुभूति गर्न पाओस् भने उद्देश्यले यस्तो कार्यक्रम रोजिएको उनको भनाइ छ ।
कार्यक्रम अन्तरगत अधिकांश जनताले सडक, शिक्षा, स्वास्थ, मल–खाद्य, रोजगारी लगायतका समस्या र योजनाहरु अघि सार्ने गरेको सो पार्टीले जनाएको छ ।
योजना माग्दै जनमतका सांसदहरु जनताको घरदैलोमा
सारांश
- सो पार्टीले “दलान दलील” नाम दिएर सुरु गरेको उक्त कार्यक्रम अन्तरगत जनमत पार्टीबाट सप्तरीको क्षेत्र न २ बाट प्रतिनिधि सभामा निर्वाचित डा.
- सिके राउत, सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नं.
- १ बाट निर्वाचित प्रदेशसभा सदस्य सतिष कुमार सिंह तथा २ बाट निर्वाचित प्रदेशसभा सदस्य एवं मधेश प्रदेश सरकारका शिक्षा मन्त्री समेत रहेका महेश प्रसाद यादवले आ–आफm्ना निर्वाचन क्षेत्रमा खटिएका हुन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया