दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
मधेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढेको बताएका छन् ।
आफ्नो मन्त्रालयले शुक्रबार लालबन्दीमा आयोजना गरेको स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी दुई दिने अन्तरक्रियालाई सम्वोधन गर्दै मन्त्री लेखीले नेतृत्व तहबाट एउटा कुरा बोल्ने र व्यवहारमा अर्कै देखाउने तथा सरकारी निकायमा सेवा लिन जाँदा ढिलासुस्ती हुँदा नागरिकमा वितृष्णा सिर्जना भएको मन्त्री लेखीले बताएका हुन् ।
मञ्चबाट बढी आश्वासन दिने तर काम नगर्ने परिपाटी देखिँदा नागरिकले असन्तुुष्टी व्यक्त गरेका प्रदेश सरकारका गृहमन्त्री लेखीको भनाई छ ।
जिल्ला प्रशासन, प्रहरी, मालपोतलगायतका कार्यालयमा नागरिक चार÷पाँच घण्टा लाइनमा बसेर काम नहुने परिपाटी ठूलो समस्याको रुपमा रहेको र यही अवस्थाले गर्दा नै नागरिकमा अहिलेको व्यवस्थाप्रति विकर्षण पैदा भएको उनको भनाई छ । उनले नागरिकलाई सहज हुने किसिमले ऐन, कानून निर्माण गर्नुपर्ने जोड समेत दिए ।
फरक प्रशंगमा मन्त्री लेखीले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिता ल्याउन पत्रकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका छन् । बिहीबार र शुक्रबार २ दिन आयोजित स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सर्लाहीको २० वटै पालिकाबाट जनप्रतिनिधि र कर्मचारी सहभागी भएका छन् ।
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
सारांश
- आफ्नो मन्त्रालयले शुक्रबार लालबन्दीमा आयोजना गरेको स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी दुई दिने अन्तरक्रियालाई सम्वोधन गर्दै मन्त्री लेखीले नेतृत्व तहबाट एउटा कुरा बोल्ने र व्यवहारमा अर्कै देखाउने तथा सरकारी निकायमा सेवा लिन जाँदा ढिलासुस्ती हुँदा नागरिकमा वितृष्णा सिर्जना भएको मन्त्री लेखीले बताएका हुन् ।
- मञ्चबाट बढी आश्वासन दिने तर काम नगर्ने परिपाटी देखिँदा नागरिकले असन्तुुष्टी व्यक्त गरेका प्रदेश सरकारका गृहमन्त्री लेखीको भनाई छ ।
- जिल्ला प्रशासन, प्रहरी, मालपोतलगायतका कार्यालयमा नागरिक चार÷पाँच घण्टा लाइनमा बसेर काम नहुने परिपाटी ठूलो समस्याको रुपमा रहेको र यही अवस्थाले गर्दा नै नागरिकमा अहिलेको व्यवस्थाप्रति विकर्षण पैदा भएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया