दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
भन्सार छलेर चोरी पैठारी गरि भारतबाट नेपालतर्फ भित्राइएके गरिएको ५० वटा भेडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ गम्हरिया प्रवाहा हुँदै मंगलबार राती भारतबाट भित्राइएको करिब ७ लाख मुल्य बराबरको ५० वटा भेडा सशस्त्र प्रहरी बलको टोलीले आफनो नियन्त्रणमा लिएको हो ।
रातीको समयमा भारतबाट अवैध रुपमा भेडा ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी वेश क्याम्प गम्हरियाको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
अपरिचित व्यक्तिहरुले अवैध रुपमा भित्राइरहेका भेडा प्रहरी टोली आएको देखेर फरार भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताउँदै बरामद भेडा बेल्हीस्थित राजविराज भन्सार कार्यालयलाई बुझाइएको जनाएका छन् ।
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ गम्हरिया प्रवाहा हुँदै मंगलबार राती भारतबाट भित्राइएको करिब ७ लाख मुल्य बराबरको ५० वटा भेडा सशस्त्र प्रहरी बलको टोलीले आफनो नियन्त्रणमा लिएको हो ।
- रातीको समयमा भारतबाट अवैध रुपमा भेडा ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी वेश क्याम्प गम्हरियाको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं.
- ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया