चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०७७
|
|
२१ पटक हेरिएको
Shares
चोरी पैठारी गरि नेपाल ल्याउँदै गरेका ५० भेडा बरामद

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ गम्हरिया प्रवाहा हुँदै मंगलबार राती भारतबाट भित्राइएको करिब ७ लाख मुल्य बराबरको ५० वटा भेडा सशस्त्र प्रहरी बलको टोलीले आफनो नियन्त्रणमा लिएको हो ।
  •       रातीको समयमा भारतबाट अवैध रुपमा भेडा ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी वेश क्याम्प गम्हरियाको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं.
  • ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    भन्सार छलेर चोरी पैठारी गरि भारतबाट नेपालतर्फ भित्राइएके गरिएको ५० वटा भेडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ गम्हरिया प्रवाहा हुँदै मंगलबार राती भारतबाट भित्राइएको करिब ७ लाख मुल्य बराबरको ५० वटा भेडा सशस्त्र प्रहरी बलको टोलीले आफनो नियन्त्रणमा लिएको हो । 
    रातीको समयमा भारतबाट अवैध रुपमा भेडा ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी वेश क्याम्प गम्हरियाको टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
    अपरिचित व्यक्तिहरुले अवैध रुपमा भित्राइरहेका भेडा प्रहरी टोली आएको देखेर फरार भएको प्रहरी उपरिक्षक श्रेष्ठले बताउँदै बरामद भेडा बेल्हीस्थित राजविराज भन्सार कार्यालयलाई बुझाइएको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?