प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो

राजविराज राजविराज
|
बुधबार, माघ ७, २०७७
|
|
४५ पटक हेरिएको
Shares
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो

सारांश

  •     असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारि कदम खारेजको माग गर्दै जसपाले बुधबार राजविराजमा आयोजना गरेको जनप्रदर्शन एवं बिरोध कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताउँदै सो असंबैधानिक कदम नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने उल्लखे गरे ।
  •       आफूहरुले संविधान विभेदकारी रहेको भन्दै आन्दोलन गरेको बेला गोली ठोकेर संविधान जारि गर्ने मतियार मध्येका एक प्रधानमन्त्री रहेकाले अहिले संविधान कुल्चिनुले संविधानमा त्रृटी कमजोरी रहेको प्रमाणित भएको उनको भनाई छ ।
  •       अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका उपलब्धी बिरुद्ध रहेका भन्ने कुरा उनीद्वारा संविधान मिचेर जननिर्वाचित संसद भंग गर्नुले प्रमाणित भएको जिकिर समेत उनले गरे ।

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार भएको बताएका छन् । 
    असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारि कदम खारेजको माग गर्दै जसपाले बुधबार राजविराजमा आयोजना गरेको जनप्रदर्शन एवं बिरोध कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताउँदै सो असंबैधानिक कदम नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने उल्लखे गरे । 
    आफूहरुले संविधान विभेदकारी रहेको भन्दै आन्दोलन गरेको बेला गोली ठोकेर संविधान जारि गर्ने मतियार मध्येका एक प्रधानमन्त्री रहेकाले अहिले संविधान कुल्चिनुले संविधानमा त्रृटी कमजोरी रहेको प्रमाणित भएको उनको भनाई छ । 
    अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता परिवर्तनका उपलब्धी बिरुद्ध रहेका भन्ने कुरा उनीद्वारा संविधान मिचेर जननिर्वाचित संसद भंग गर्नुले प्रमाणित भएको जिकिर समेत उनले गरे । 

    प्राप्त उपलब्धीको जगेर्ना गर्दै थप अधिकारका लागि संघर्षरत रहनु अहिलेको आवश्यकता हो भन्दै उनले पाएको अधिकारको पहिले जगेर्ना गर्नुपर्छ बाकी अधिकारका लागि लडाई जारि रहने उदघोष समेत गरे । 
    यस्तै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान उल्घंन गरेर प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिन पुगेको बताएका छन् । आन्दोलनबाटै सरकारलाई ठीक पार्नुको विकल्प नरहेको उनको भनाई छ । 
    चार वर्षअघि सप्तरीको मलेठमा ओलीकै आमसभामा पाँच जना मधेशीको सहादत भएको भन्दै उनले प्रधानमन्त्री पहिला मानव हत्यारा थिए अहिले संविधानको समेत हत्यारा बन्न पुगेको बताए । मधेशी, आदिवासी, सिमांकृत वर्गको असहमति रहदा रहदै ओली लगायतकै जोडबलमा संविधान लागु गरिएको भन्दै उनले अहिले ओलीद्वारा नै संविधानको हत्या समेत भएको उल्लेख गरे । 
    मुलुकको समस्या प्रतिनिधिसभा पुर्नस्थापना र निर्वाचनबाट मात्र सम्भव नभई संविधानमै संशोधन गर्न जरुरी रहेको बताउँदै नेता महतोले अब ओली सरकारलाई पतन गराएर मात्र त्यो सम्भव हुने अवस्था आएको जिकिर गरे ।  
    बिरोधसभा अघि गाउँ गाउँबाट आएका हजारौंको संख्यामा नेता कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम खारेज गर, सर्वसत्तावादी कदम मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    बृहत बिरोधसभालाई जसपाका कार्यकारिणी सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य मनिष सुमन लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?