दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरिएको पत्रकारीता पुरस्कारबाट पत्रकार डम्बर राई सम्मानित भएका छन् ।
बिहीबार महासंघको सभाकक्षमा आयोजित ३० औं लोकेन्द्र स्मृति दिवसमा आयोजित कार्यक्रममा २८ औं लोकेन्द्र स्मृति पुरस्कारबाट पत्रकार राई सम्मानित भएका हुन् । पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ । पत्रकार राई प्रेस चौतारी सप्तरीका अध्यक्ष समेत हुन् ।
यस्तै प्रेस स्वतन्त्रता सेनानी तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाद्वारा स्थापित वातावरणीय पत्रकारिता पुरस्कार राससका राजविराज संवाददाता अरुण कुमार यादवलाई प्रदान गरिएको छ ।
आयोजित कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेश आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवलले पत्रकारद्वय राई र यादवलाई उक्त सम्मान प्रदान गरे ।
विगत दुई दशक देखी पत्रकारीताको माध्यमले समाज उत्थानमा योगदान पु¥याए वापत उनीहरुलाई सम्मान गरिएको पुरस्कार छनौट समितीका संयोजक बैजनाथ झाले बताए ।
पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैजनथा झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्रेस काउन्सीका पूर्व सदस्य देवराम यादव, प्रेस युनियनका सभापति बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, प्रेस चौतारीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठनका सतिश कुमार दत्त, महासंघका सल्लाहकार मनोहर कुमार पोखरेललगायतले स्व. पत्रकार बुढाथोकीको जिवनी बारे प्रकाश गर्दै पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिएका थिए ।
सप्तरीलाई कार्यक्षेत्र बनाएर निर्भिक, निडर तथा निश्पक्ष पत्रकारिता गर्दै आएका बुढाथोकीको २९ वर्षअघि रहस्यमय मृत्यु भएको थियो । हालसम्म पनि उनको मृत्युको रहस्य भने खुल्न सकेको छैन् । स्व. पत्रकार बुढाथोकीको स्मृती एवं सम्मानमा पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष उनको स्मृति दिवसको अवसर पारेर सप्तरीका एक जना पत्रकारलाई सम्मानित गर्दै आएको छ ।
पत्रकार राई र यादव सम्मानित
सारांश
- बिहीबार महासंघको सभाकक्षमा आयोजित ३० औं लोकेन्द्र स्मृति दिवसमा आयोजित कार्यक्रममा २८ औं लोकेन्द्र स्मृति पुरस्कारबाट पत्रकार राई सम्मानित भएका हुन् ।
- पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ ।
- पत्रकार राई प्रेस चौतारी सप्तरीका अध्यक्ष समेत हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया