एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, आषाढ १४, २०८३
|
|
११ पटक हेरिएको
Shares
एकल महिलाको आत्मविश्वासका साथै आत्मनिर्भर बनाउने प्रयास

सारांश

  • दैनिक समाचारदाता राजविराज, १४ असार ।
  •   एकल महिलाहरुको आत्मविश्वास बढाउन तथा आत्मनिर्भर बनाउन एकल महिला आत्मनिर्भर तथा पुर्नस्थापना केन्द्र सप्तरीले अभियान चलाएको छ ।
  •  सशक्त तथा आत्मनिर्भर एकल महिला नाराका साथ उक्त संस्थाले चलाएको अभियान अन्तर्गत आईतवार पाँच दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
दैनिक समाचारदाता
राजविराज, १४ असार । 
एकल महिलाहरुको आत्मविश्वास बढाउन तथा आत्मनिर्भर बनाउन एकल महिला आत्मनिर्भर तथा पुर्नस्थापना केन्द्र सप्तरीले अभियान चलाएको छ । सशक्त तथा आत्मनिर्भर एकल महिला नाराका साथ उक्त संस्थाले चलाएको अभियान अन्तर्गत आईतवार पाँच दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कंचनरुप नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रमको समापनका अवसरमा आयोजक संस्था एकल महिला आत्मनिर्भर तथा पुनस्थापना केन्द्रकी अध्यक्ष जुही ठाकुरले एकल महिलाको आत्मनिर्भरता, प्रबद्र्धन, सीप विकास तथा क्षमता अभिबृद्धी, समाजिक सद्भाव र आत्मविश्वास बढाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस्तो अभियान चलाइएको जानकारी दिईन ।
उनले एकल महिलालाई घर ब्यवहार चलाउन, खर्चको जोहो गर्न र बालबालिकाका आवश्यक्ता, तथा शिक्षा दिक्षा पुरा गर्न कठिनाई हुने गरेको भन्दै हरेक पालिका र वडाले एकल महिलाको आत्मविश्वास बढाइ आत्मनिर्भर बनाउने प्रयासमा सहयोग र योगदान गर्न आवश्यक बजेट विनियोजन गर्नु पर्ने माग समेत गरिन ।
कार्यक्रमका प्रमुख अतिथी कंचनरुप नरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले एकल महिला सशक्तीकरणका लागी एकल महिला आत्मनिर्भरता तथा पुर्नस्थापना केन्द्र सप्तरीले चलाएको अभियानको प्रशंशा गर्दै अभियान सफल बनाउन नगरपालिकाबाट श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवले केन्द्रद्वारा तालिम मार्फत प्रदान गरिएको सीपले एकल महिलाको उधमशिलता प्रबद्र्धन गरी रोजगारी सिर्जना गर्न तथा स्वालम्बी जीवनयापन गर्न ठूलो मदत पु¥याउने विश्वास ब्यक्त गरे ।
उनीहरुलाई केन्द्रकी अध्यक्ष ठाकुरका साथै कानुनी सल्लाहकार सतिष दत्त तथा धमेन्द्र यादव, सुरेन्द्र यादव, अभिषेक कर्ण, इसप्रिया झा, चितरंजन यादव लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
कंचनरुप नगरपालिकामा मात्रै १ हजार ६ सय ४५ जना एकल महिला रहेको केन्द्रको तथ्यांकले देखाएकोे छ ।
पाँच दिन सम्म चलेको तालिममा २ सय एकल महिला सहभागी थिइन । ती मध्ये २० देखी ४५ उमेर समुहका महिलाहरुको चयन गरी तालिममा सहभागी गराइएको थियो । तालिममा सहभागीहरुलाई झोला, थर्मस लगायतका सामग्री पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सात सय गाँजाको बोट नष्ट
सात सय गाँजाको बोट नष्ट
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
गाईको बाच्छो मारि खाएको आरोपमा तीन जना पक्राउ
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न
समुन्नती कार्यक्रम सम्बन्धी बैठक सम्पन्न